धनगढी न्यूज

सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन

Advertisement

२९ जेठ, काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे ।

मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिंदै उनले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताए ।

‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र ?’ उनले प्रश्न गरे ।

शिक्षामन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी छन् । उनले शिक्षा विभाग र जिल्ला शिक्षा समन्वय इकाइबाट समेत राजनीतिमा आवद्ध शिक्षकहरुको विवरण र कारबाही प्रक्रियाबारे जानकारी माग गरेकी छन् ।

           

यो पृष्ठभूमिमा सत्ताको नेतृत्वकर्ता दल माओवादीका नेता पौडेलले त्यो आवश्यक नरहेको तर्क गरे । पौडेलले बुटवलको कालिका मानवज्ञान मावि, चितवनको नारायणी मावि, मोरङको शुक्ला मावि, काठमाडौंको ज्ञानोदय माविको नाम लिंदै ती उत्कृष्ट सामुदायिक विद्यालयलाई अहिलेको अवस्थामा पुर्‍याउन राजनीतिक दलमा आवद्ध शिक्षकहरुकै भूमिका रहेको आशय व्यक्त गरे ।

‘त्यो विद्यालयलाई त्यहाँ पुर्‍याउनेहरुको पृष्ठभूमि हेर्नुभयो भने अर्कै देखाउँछ । त्यसो भएर यो आरोप सही छैन’ उनले अगाडि भने, ‘शिक्षकहरुको अनावश्यक रुपमा डीएनए परीक्षण गर्दै हिंड्ने कुरा राम्रो छैन । यो ट्रेड युनियन अधिकार विपरीत हुन्छ ।’

शिक्षामन्त्री श्रेष्ठलाई तीन काम गर्न पूर्वमन्त्री पौडेलले सुझाव दिए । ‘खालि विद्यालय समयमा शिक्षकले गरेको पठनपाठनमा ध्यान दिने हो । भौतिक पूर्वाधारमा सुधार, शिक्षण सिकाइमा सुधार र कानुनमा सुधार, यी तीन कुराको सुधारमा ध्यान दियो भने विद्यालय शिक्षामा सुधार हुन्छ’, उनले भने ।

पौडेलले शिक्षकको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई खुशी बनाउन शिक्षामन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे । ‘…अरु कुरामा बहकाउमा नलागेर शिक्षकलाई इम्पावर गर्ने, शिक्षकलाई खुसी बनाउने, शिक्षकलाई खुसी बनाएर विद्यालय पुर्‍याउने, दरबन्दी पुर्‍याउने, सिकेको छैन भने तालिम दिएर सक्षम बनाएर विद्यालय पुर्‍याउने नै मन्त्रालयको काम हो’ पौडेलले भने ।अनलाईन खबर बाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

२७ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । महत्त्वपू...
कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर...
रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पु...
प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा आउन अब २४ दिन बाँकी छ। आगामी फागुन २१ मा हुने उक्त निर्वाचन जित्न चुनावी मैदानमा होमिएका उम्मेद...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×