धनगढी न्यूज

नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किँदा अहिलेसम्म नेपालले चार विकेट लियो

काठमाडौँ, १७ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ ।

मुलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने छ । टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । सन्दीप जोरा बाहिरिएका छन् ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन् । समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए । फाइनलमा प्रवेश गर्ने दुई टिम टी २० विश्वकपमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×