धनगढी न्यूज

बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी

बझाङः बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी भएका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–५ का ४० वर्षीय तिलक पुजारा र उनका छोराहरु १२ वर्षीय दर्सन पुजारा र ५ वर्षीय सुभम पुजारा बिरामी भएका हुन्।

जंगली च्याउको तरकारी खादा तीनै जनालाई घर भित्र बेहोस अबस्थामा उनको श्रीमतीले फेला पारेपछि तत्काल जिल्ला अस्पत्ताल बझाङमा पुर्‍याएर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए।

उपचाररत बुवा र कान्छो छोरा सुभमको अबस्था सिरियस रहेकोले दुबै जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पत्ताल रिफर गरेको जोशीले बताए। जेठो छोरा दर्सन भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्।

दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×