Skip to main content

धनगढी न्यूज

सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त:प्रचण्ड

Advertisement

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त ’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएका बताएका छन् ।नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘शुभारम्भ सांस्कृतिक साँझ(२०८१’लाई सम्बोधन गर्दै उनले समाजवादीको संस्कृति निर्माणको पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्ने बताए।

सांस्कृतिक नीति, साधनस्रोत, पूर्वाधार, स्रष्टा र कलाकारको प्रोत्साहनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा सांस्कृतिक संस्थानका चासोलाई सम्बोधन गरिने विश्वास दिलाए।प्रधानमन्त्री दाहालले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले आफूलाई छुट्टै ऊर्जा र प्रेरणा दिएकोसमेत बताए।

सो अवसरमा संस्थानका महाप्रबन्धक किरणबाबु पुनले लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकसङ्गीत, लोकवाद्य, लोकनृत्य, लोकनाटकको संरक्षण र प्रवर्द्धन गर्न क्रियाशील रहेको बताए। उनले ‘सांस्कृतिक संस्थानको हर्ष, मनाऔँ नेपाली नयाँ वर्ष’ भन्ने नाराका साथ प्रत्येक साताको शुक्रबार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए।कार्यक्रममा कलाकारहरूले राष्ट्रिय गीत, भुओ, घोडचढी, धिमे र भूमेनाच तथा कौरा र भोजपुरी नृत्य एवं लोक नाटक र प्रसहन प्रस्तुत गरेका थिए । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...