Skip to main content

धनगढी न्यूज

अनलाइन सपिङका नाममा ठगी धन्दा बढ्दै

Advertisement

बदलिँदो व्यापार व्यवसायको तौरतरिकाले मानिसलाई धेरै कुरामा सहज बनाएपनि कतिपय अवस्थामा ग्राहकहरु ठगिने गरेको पाइएको छ । अनलाइन व्यापारमा खरिद गरिएका सामानहरु भनेजस्तो नपाइने , गुणस्तरहिन पर्ने जस्ता गुनासा पटक-पटक आइरहन्छन् ।

तर , बेला बेला अनलाइन व्यापारका नाममा खोलिएका फेसबुक , इन्स्टाग्राम लगायत पेजबाट खुलेआम ग्राहक ठगिने गरेको पाइएको छ । हालै हामीलाई प्राप्त जानकारी अनुसार girlsfashionstyle80 नामको इन्स्टाग्राम पेज बनाइ अनलाइन व्यापार गर्दै आएको एउटा ग्रुपले ग्राहकबाट अग्रिम पैसा तिर्न लगाएपश्चात् आफ्नो पेजबाटै ब्लक गरेको छ । उक्त पेज लगायत यस्ता अन्य पेज थुप्रै हुनसक्ने भएकोले समयमै सचेत बन्न , अग्रिम भुक्तानी नगर्न तथा अनलाईन खरिद गर्दा ध्यान दिन जरुरी छ । यदी कहीँकतै त्यस्तो ठगी भएको वा आफू परिएको भए साइबर प्रहरीमा खबर गर्न समेत सकिनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...