Skip to main content

धनगढी न्यूज

लामो सफल कार्यकालको निरन्तरता वापत कंकाली मा.वि.का प्र.अ. विष्णु पनेरु सम्मानित

Advertisement

लामो सफल कार्यकालको निरन्तरता वापत चन्द्रागिरि नगरपालिका १३ स्थित कंकाली मा.वि.का प्रधानाध्यापक विष्णु प्रसाद पनेरु सम्मानित भएका छन् । नेपाल प्रधानाध्यापक संघले राष्टिय सम्मेलनको अवसरमा आज एक कार्यक्रमवीच उक्त सम्मान प्रदान गरेको हो । प्रत्येक प्रदेशबाट एकजना प्र.अ. सम्मानित भएकोमा बाग्मती प्रदेशबाट प्र.अ. पनेरु सम्मानित भएका हुन् । लामो समय सेवा गरेवापत सम्मानित हुनेहरुमा कोशी प्रदेशबाट श्री आर्दश माध्यमिक विद्या मन्दिरका प्र.अ. हेमराज बस्नेत , लुम्बिनी प्रदेशबाट सूर्योदय आधारभुत विद्यालयका प्र.अ. धर्म भटराई , मधेश प्रदेशबाट यज्ञवल्क्य संस्कृत मा.वि.का प्र.अ. संजय कुमार झा , बाग्मती प्रदेशबाट कंकाली मा.वि.का प्र.अ. विष्णु प्रसाद पनेरु र चिरिखर्क आधारभूत विद्यालयका प्र.अ. लिलाधर भुषाल , कर्णाली प्रदेशबाट श्री जीवनज्योति प्रा.वि.का प्र.अ. तिलक राम पौडेल तथा सुदुर पश्चिम प्रदेशबाट श्री निङलासैनी मा.वि.का प्र.अ. भवानी प्रसाद पन्त सम्मानित भएका हुन् ।

विगत ४० वर्षदेखि निरन्तर सफल प्रधानाध्यापकको रुपमा पनेरु सोही विद्यालयमा स्थापना कालदेखि नै अनवरत रुपमा कार्यरत छन् । प्र.अ. विष्णु प्रसाद पनेरुको प्रशासनिक नेतृत्व , कार्यप्रतिको लगाव तथा दृढ संकल्पले सामुदायिक विद्यालयको गुणस्तर उकास्न सफल भएको महसुस अभिभावक , पूर्व विद्यार्थी , स्थानियवासी तथा सरोकारवालाको रहेको छ । प्र.अ. पनेरुकै विद्यालयप्रतिको निरन्तर लगावले विद्यालय हाल नमुना विद्यालयको रुपमा आफ्ना शैक्षिक गतिविधिहरु अगाडी बढाउँदै आएको छ । उहाँकै नेतृत्वमा रहेको कंकाली माध्यमिक विद्यालयले हाल प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर इन्जिनियरिङका कक्षाहरु , पढ्दै कमाउँदै कार्यक्रम तथा विभिन्न क्लबमार्फत विद्यार्थीको शैक्षिक विकासमा जोड दिँदै आएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...