Skip to main content

धनगढी न्यूज

बर्षाले खोर डुवाएपछि कञ्चनपुरका अजयको ४० लाख स्वाहा, १० हजार कुखुरा मरे

Advertisement

महेन्द्रनगर : चार दिनसम्म लगातार भएको बर्षाका कारण कुखुरा खोर डुवानमा पर्दा कञ्चनपुरका अजय चन्दका १० हजार कुखुरा मरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारामा अजय चन्दको खोरमै दश हजार बोइलर कुखुरा मरेका हुन् । विगत दश बर्ष देखि व्याक्तिगत ५ लाखको लगानीमा चन्दले कुखुरा पालन व्यावसाय गरेका थिए । सानो लगानीमा विस्तारै लगानी फस्टाउदै गएपछी चन्दले एक दशक पछि बैङ्कको कर्जा लिएर थप कुखुरा व्यावसाय गर्ने सोचका साथ अगाडि बढेका थिए ।

चन्दले संरचना तथा कुखुरामा डेढ करोड लगानी गरेर कुखुरा पालन गर्दै आएका थिए । दश कट्टा जमिनमा कुखुरा ब्यवसाय गर्दै आएका चन्दको सपना बाढीले उडाएको छ । हुर्की सकेका कुखुरा बेचेर मनग्य आम्दानी लिने सपनादेखेका चन्दको सपना बाढीले बगाइदियो । असार २४ गते राती परेको भारी वर्षाले चन्दका बेच्नकालागि तयार भईसकेका ४ हजार कुखुरा, हुर्काउदै गरेका ६ हजार कुखुरा गरी जम्मा १० हजार कुखुरा बाढीले मेरेका हुन् ।

आफ्नै देशमा केही गर्छु भनेर लागेका चन्दको कुखुराको फारममा बाढीले ठूलो क्षति पुर्‍याएपछि उनी निकै पीडित बनेका छन् । ५ लाखबाट व्यवसायलाई सुरु गरेका चन्द अहिले डेढ करोडको पुगेको बताउँछन् । तर, बाढीका कारण उनले ठूलो क्षति व्यहोर्नु परेको छ । आइतबार राति आएको बाढीले उनका सबै कुखुरा नष्ट गरिदियो । आफ्नो लगानी र बैंकको ५५ लाख ऋण लिएर उनले व्यवसाय बढाएका थिए । करिब २/३ केजी पुगेका कुखुरा कति डुबेर मरे त कति बाढीले बगायो ।

नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेँ । तर, बाढीले सबै डुबायो, चन्द भन्छन्, ुुफारम डुबाए पनि सपना अझै जीवितै छ । केही समय लागे पनि फेरि यहीँ काम गरेर अघि बढ्ने उनको सोच छ । आफ्नो जीवनमा पहिलोपटक यति ठूलो बाढी देखेको उनको भनाइ छ । फारम सञ्चालन गरेको १० वर्षमा यति ठूलो वर्षा नदेखेको उनले बताए । अहिलेसम्म पानी नपसेको फारम नै डुबेपछि भने उनी चिन्तित छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...