Skip to main content

धनगढी न्यूज

श्रीमती र छोरी मिलेर हत्या

Advertisement

सर्लाही, साउन ३ गते। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्।

स्थानीय ५९ वर्षीय जङ्गलबहादुर बलको आफ्नै परिवारका सदस्यबाट हत्या भएको हो। प्रहरीले जङ्गलबहादुरको हत्यामा संलग्न श्रीमती ६६ वर्षीया रिता बल र विवाहित छोरी सिरहा जिरोमाइल घर भएकी २५ वर्षीया शीतल लामालाई नियन्त्रणमा लिएको छ।

श्रीमती रिता र छोरी शीतल मिलेर घरायसी विवादमा जङ्गलबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरी शरीरमा तातो पानी खन्याइदिएका थिए। कुटपिट र शरीरमा तातो पानी खन्याउँदा जङ्गलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना बुधबार दिउँसोतिरकै भए पनि प्रहरीमा बेलुकातिर मात्रै जानकारी प्राप्त भएको थियो। गाउँलेबाट घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी गौरीशङ्कर र इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनापछि मृतकको शव घरमै छोपेर बसिरहेका श्रीमती रिता र छोरी शीतललाई प्रहरीले घरैबाट नियन्त्रणमा लिन सफल भएको हो। बीभत्स हत्याको घटनापछि सर्लाही प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंह आफै बुधबार राति घटनास्थलमा पुग्नुभएको थियो।

घटनापछि पक्राउ परेका मृतकको श्रीमती र छोरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा बिहीबार सर्लाही जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको बयसवालका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। स्थानीयका अनुसार भारतमा बस्दै आएकी छोरी शीतलको आठ/नौ महिनाअघि सिरहाको जिरोमाइलमा विवाह भएको थियो।

छोरीको विवाहपछि आमा रिता पनि केही समय छोरीकै घरमा बस्नुभएको थियो। उनीहरूबिच पारिवारिक विवाद उग्र बन्दा जङ्गलबहादुरको हत्या हुन पुगेको हो।

मृतक जङ्गलको शव बिहीबार दिउँसो प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। मृतकका भतिजले शव बुझेर अन्त्येष्टि गरेका ईश्वरपुर नगरपालिका १३ का वडाध्यक्ष तिलबहादुर तामाङले जानकारी दिनुभयो।

गोर्खा पत्र बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...