Skip to main content

धनगढी न्यूज

पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि

Advertisement

काठमाडौँ, साउन २१ गते । दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो ।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले आइतबार थप दुई जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भएकामा ती व्यक्ति ललितपुरको एक अस्पतालमा कार्यरत रहेकाले भक्तपुर गणना नगरिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. घिमिरेले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । डा. घिमिरेले भन्नुभयो, “हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्छ । त्यसका लागि खानेपानी तथा ढल निकास व्यवस्था विभाग, पानी उद्योगी, खानेपानी उपभोक्ता समिति, सरसफाइसम्बन्धी काम गर्ने सङ्घ संस्थाको दायित्व र भूमिका महत्त्वपूर्ण हुन्छ ।”

उहाँले गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन सुझाव दिनुभयो । डा. घिमिरेका अनुसार हैजा फैलिएको स्थानमा रोग नियन्त्रण महाशाखाबाट स्वास्थ्यकर्मीको टोली गएर ती स्थानलाई निगरानीमा राखी कुन माध्यमबाट हैजा फैलिएको हो भन्ने अनुसन्धान गरिरहेको छ ।

उहाँले खानेपानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न सुझाव दिनुभयो । यस्तै व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न, दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो ।

इपिडिमियोलोजी महामारी शाखा प्रमुख 

डा. मुकेश पौडेलले हैजा महामारीजन्य रोग भएकाले अरूलाई नसार्न बिरामीले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले हैजाका बिरामीलाई हेरचाह गर्ने व्यक्तिले थप सतर्कता अपनाउनुपर्ने बताउनुभयो । हैजा लागेको व्यक्तिले प्रयोग गरेको धारा, पानी, खानेकुरा जस्ता वस्तु अर्को व्यक्तिले प्रयोग गरेमा हैजा सर्ने भएकाले बिरामीको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जस्ता जनचेतना जनस्तरमा पुग्नुपर्ने उहाँको भनाइ छ । भिब्रियो कोलेरा नामक कीटाणुले गर्दा हैजाको सङ्क्रमण हुने र यो दिसाको माध्यमबाट सर्ने भएकाले बाढी मिसिएको पानी प्रयोग नगर्न सुझाव दिनुभयो ।

काठमाडौँ उपत्यकामा खानेपानीको स्रोतमा ढलको पानी मिसिएर हैजाको प्रकोप फैलिएको छ । डा. पौडेलले हैजा लागेको व्यक्तिले प्रयोग गर्ने धारा प्रयोग गरेमा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानी प्रयोग गरेमा, हैजा भएको व्यक्तिको संसर्गमा रहेमा हैजा फैलने बताउनुभयो । उहाँले हैजा दूषित पानीका माध्यमबाट सर्ने भन्दै बासी खानेकुरा, नपकाएको खानेकुरा खाँदा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्ने बताउनुभयो । हैजा हुँदा पानीजस्तो पातलो दिसा आउने, वान्ता हुने जस्ता लक्षण देखिन्छन्

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...