Skip to main content

धनगढी न्यूज

बाघको आक्रमणमा ज्यान गुमाएकी शाहको परिवारलाई राहत

Advertisement

कञ्चनपुरः बाघको आक्रमणबाट ज्यान गुमाएकी कञ्चनपुरकी हिरा शाहको परिवारलाई सहयोग गरिएको छ।

दोधराचाँदनी नगरपालिकामा बाघको आक्रमणबाट ज्यान गुमाएकी शाहको परिवारलाई हिमालयन मध्यवर्ती उपभोक्ता समितिले किरिया खर्च स्वरुप आर्थिक सहयोग गरेको हो। समितिले बाघको आक्रमणबाट ज्यान गुमाएकी दोधारा चाँदनी–२ की २६ वर्षीया शाहको परिवारलाई किरिया खर्चस्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ।

राहत उपलब्ध गराउने कोषबाट काजकिरिया खर्चबापत एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ। गत बिहीवार बिहान घाँस काटिरहेकी शाहको बाघले आक्रमण गर्दा ज्यान गएको थियो। दोधराचाँदनी नगरपालिकाले यसअघि घटना घटेको दोस्रो दिन किरिया खर्च स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...