Skip to main content

धनगढी न्यूज

कैलालीमा एक बर्षमा औलोका विरामी १४० र डेङ्गुका १ हजार ८३

Advertisement

अत्तरिया : कैलालीमा औलो रोगका बिरामीको संख्या १ सय ४० पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा कैलालीमा सो संख्याका औलो रोगका बिरामी पुगेका हुन ।

अन्य स्थानीय तहभन्दा गौरीगंगा नगरपालिकामा सबैभन्दा बढी ३८ जना औलो रोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले जानकारी दिइन ।

गोदावरी नगरपालिकामा २४, लम्कीचुहा नगरपालिकामा ८, टिकापुर नगरपालिकामा २३, घोडाघोडी नगरपालिकामा १० र धनगढी उपमहानगरपालिकामा २२ जना औलोका बिरामी फेला परेको उनले बताइन । त्यस्तै, भजनी नगरपालिकामा ३, मोहन्याल गाउँपालिकामा ३, चुरे गाउँपालिकामा १, बर्दगोरिया गाउँपालिकामा ४, जानकी गाउँपालिकामा २ र जोशीपुर गाउँपालिकामा १ जना रहेको उनले बताइन ।


जिल्लामा डेङ्गुका बिरामी संख्या १ हजार ८३ रहेका छन ।

गोदावरी नगरपालिकामा १ सय ५१, लम्कीचुहा नगरपालिकामा ३ सय ११ र टीकापुर नगरपालिकामा २ सय २७ जना बिरामी फेला परेको उनको भनाइ छ ।

बर्दगोरिया गाउँपालिकामा ८७, घोडाघोडी नगरपालिकामा ७०, धनगढी उपमहानगरपलिकामा १ सय ८३, भजनी नगरपालिकामा १२, जानकी गाउँपालिकामा ३०, मोहन्याल गाउँपालिकामा ६ र चुरे गाउँपालिका १ जना डेङ्गुका बिरामी फेला परेको उनले बताइन् ।

चालु आर्थिक वर्षको साउन महिनाको अन्तसम्म ४० जना डेङ्गुका बिरामी फेला परेका छन । विभिन्न निजी अस्पताल र सरकारी अस्पतालमा सो संख्याका बिरामी पत्ता लागेको उनले बताइन् । रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने, लामखुट्टेको वृद्धि विकास रोक्ने, घरको वरपर सरसफाइ गर्ने र रोग लागिहालेमा उपचार गरेमा रोग निको भएर जाने उनले बताइन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...