Skip to main content

धनगढी न्यूज

कञ्चनपुरको भुजेला बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित

Advertisement

कञ्चनपुर: भीमदत्त नगरपालिका-११ भुजेलामा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् ।

स्थानीयले शनिबार बिहान बस्तीमा चितुवा देखेका हुन् । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमखु भीम प्रसाद कँडेलले भाुजेला खोला र नजिकै रहेको माछा पोखरीकोबीचमा चितुवा देखिएको बताए ।

अहिले चितुवालाई केज (खोर) मा फसराउने प्रयास भइरहेको उनले बताए । एकातर्फ बाख्राको पाठो बाँधेर नजिकै दुई वटा केज राखिएको उनले बताए । वन कार्यालय र निकुञ्जका कर्मचारीले निगरानी गरिरहेका छन् ।

चितुवालाई नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई हात्ती समेत परिचालन भएको डिभिजन वन अधिकृत कँडेलले बताए । उनका अनुसार केजमा फसाउन नसकेपछि डाट गरेर पनि नियनत्रणमा लिने प्रयास गरिने बताए ।

उनका अनुसार स्थानीयले बिहानै देखेपछि वन कार्यालयलाई खबर गरेका हुन् । त्यसपछि वनका कर्मचारीले पनि चितुवा देखेको उनले बताए । दुई साताअघि मात्रै दोधारा चाँदनी नगरपालिका २ मा बाघले मान्छे मारेको थियो । उक्त बाघ नियन्त्रणमा लिएर लिएर बर्दिया राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...