Skip to main content

धनगढी न्यूज

छ जना उत्कृष्ट जलवायु स्मार्ट उद्यमशीलता युवाहरुलाई एक लाख पच्चिस हजार रकमको अनुदान पुरस्कार प्रदान

Advertisement

वातवरण तथा जलवायु विकासमा नेपाली युवा (NYCAGG), युरोपेली संघको ( European Union) अर्थिक सहयोगमा युथ इनोभेसन ल्याब, रेस्टलेस डेभ्लपमेन्ट नेपाल,अनुसन्धान तथा दिगो विकास नेपाल (CREASION) र सिडिएमएस द्वारा संयुक्त रुपमा संचालित बहुवर्षिय परियोजना अन्तर्गत जलवायु स्मार्ट उद्यमशीलताको पुरस्कार दिवसमा कार्तिक दोस्रो सात भव्य रूपमा सुदुरपश्चिम प्रदेशको धनगढीमा क्रिएसन नेपालद्वारा सम्पन्न गरियो।

यस जलवायु स्मार्ट उद्यमशीलता कार्यक्रमको मुख्य उद्देश्य जलवायु र वातावरणीय चुनौतीहरुलाई सम्बोधन गर्ने खालका विचारधारा, आविष्कार र युवा उद्यमीहरुको लागी अवसरहरु प्रदान गर्नु हो । जस अन्तर्गत सुदुरपश्चिम प्रदेशका १५-२९ वर्ष उमेर समुहका युवाहरुलाई विभिन्न माध्यमबाट आवेदन आह्वान गरिएको र त्यस मध्यबाट उत्कृष्ट २० छनोट गरि बिगत ३ महिना देखि आवश्यकता अनुसार बृद्धि विकासको लागी तालिम र अभिमुखिकरणको तालीम प्रदान गर्ने काम भयो । पुरस्कार दिवस कार्यक्रमको ढाँचा बमोजिम छनोट भएका २० जना समुहका प्रतिस्पर्धीहरुले आ-आफ्नो भावी र हाल सञ्चालनमा आईरहेका जनवायु स्मार्ट व्यवसायको आईडिया कार्यक्रममा प्रस्तुत गरे । त्यस मध्य उत्कृष्ट ६ लाई विभिन्न मुल्याङकन अंकको आधारमा छनोट गरी परियोजनमा उल्लेख भएको अनुदान आर्थिक सहयोग स्वरुप रकम रू १,२५,०००/- उत्कृष्ट छ जनालाई प्रदान गरीयो।

उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बाहदुर शाहको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै, विशिस्ट अतिथि युरोपेली संघका कार्यक्रम प्रबन्धक रोसल्बा टुसे,‌ क्रिएसन नेपालका संस्थापक अध्यक्ष श्री आनन्द मिश्र, युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक श्री प्रदीप खतिवडा, नीडस् नेपालका कार्यकरी निर्देशक श्री भवा राज रेग्मी लगायतको उपस्थिति रहेको थियो । निर्णायक मण्डलको भुमिकामा कैलाली उद्योग वाणिज्यका महासचिव श्री ओम् बहादुर विष्ट, बाल्मीकी इन्टरनेशनल स्कूलका अध्यक्ष श्री दिनेश राज भण्डारी र एक्सिस् स्कूलका प्रमुख श्री अनिता पन्तको रहनु भएको थियो।

 

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्यूले विभिन्न प्रदर्शनी स्टलहरुको अवलोकन गरी युवा उद्यमीहरुलाई‌ नेपालमै बसेर व्यवसाय गर्न हौसला प्रदान गर्नुभएको थियो। जलवायु स्मार्ट व्यवसाय सम्बन्धि सुदुरपश्चिममै यो कार्यक्रम पहिलो पटक भएको र भावी दिनहरूमा पनि यस्तै किसिमका कार्यक्रमहरुको थप आवश्यक भएको भन्दै निड्स‌ नेपालका कार्यकरी निर्देशक श्री भवा राज रेग्मी ज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो। वातवरण तथा जलवायु विकासमा नेपाली युवा (NYCAGG) प्रोजेक्टको बारेमा विस्तार रूपमा क्रिएसन नेपालका इनोभेसन संयोजक अग्रिमा के सीले सो कार्यक्रममा पाहुनाहरुलाई प्रकाश पार्दै सहभागि युवा हरुलाई आफ्नो उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्न शुभकामना ब्यक्त गर्नुभएको थियो ।

क्रिएसन नेपालका अध्यक्ष श्री आनन्द मिश्र ज्यूले सो प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट छ जना बिजेता प्रतियोगी अल्गल फर्म, अजोले ब्लूम फर्म, कोको साथी, इको बगासेस सोलुसन, त्रिन् कला र भर्मी काउ अर्गानिक आदिको नतीजा प्रकाशन गरी पुरस्कार स्वरूप प्रत्येक विजेता टिमलाई रु १२५०००/- हस्तान्तरण गर्नु भएको थियो। युरोपेली संघका कार्यक्रम प्रबन्धक रोसल्बा टुसेज्यूले हाल विश्वमा भइरहेको जलवायु परिवर्तनको समाधानमा युवाको मुख्य भूमिका रहेको भन्दै सम्पूर्ण जलवायु परिवर्तन सम्बन्धी सचेतक युवाहरुलाई धन्यवाद दिनु भएको थियो भने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक श्री प्रदीप खतिवडाले युवाहरु अझै थप सशक्त भइ आविष्कार तथा इनोभेसन कार्यहरूमा अघि बढ्नु पर्छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...