Skip to main content

धनगढी न्यूज

मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध राजमार्ग खुल्यो

Advertisement

डोटीः मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध केआइसिंह राजमार्ग खुलेको छ।

मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध गरिएको राजमार्ग सुचारु भएको हो। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग मंलगबार मध्यान्ह १२ बजेदेखि सूचारु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहका अनुसार पीडित परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि राजमार्ग खुलेको हो।

जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा मृतकका आफन्तले सडक अवरुद्ध पारेका थिए। शनिबार शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो।

सो जिप भरत सिंहले चलाएका थिए। चालकलाई प्रहरी नियन्त्रणमा छ। सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका थिए। घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो। सोहि विषयलाई लिएर मृतका आफन्त आन्दोलित भएका थिए।दिनेश खबर बाट शाभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...