Skip to main content

धनगढी न्यूज

‘सुदूरपश्चिम सिङ्गिङ’ स्टारको उपाधि समिर परियारलाई

Advertisement

अछाम चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका समिर २५१ जनालाई उछिन्दै चर्चित गायन ‘रियालिटि शो’ “सुदूरपश्चिम सिङ्गिङ स्टार”  बनेका हुन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा असोज १२ गतेदेखी ‘रियालिटि शो’ संचालनमा आएको थियो ।

ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्टले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टारको प्रतियोगिताको गायन तर्फ समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका थिए ।

आधुनिक,लोक,पप सबै जनराका गीत गाउन सक्ने भर्सटायल आवाज भएका समिर पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । विभिन्न मेला महोत्सवमा व्यस्त उनि विगत केही बर्षदेखी धनगढीमा सांगितिक क्षेत्रमा संघर्ष गरिरहेका छ्न् । धनगढीमा विभिन्न दोहोरी साझहरुमा लाईभ म्यूजिक गायनमा समेत उनको अनुभव रहेको छ ।

उनले फाइनल राउन्डमा भोटिङ मार्फत सबैलाई उछिन्दै विजेता बनेका हुन् । आफु विजेता बन्नुमा उनले सम्पूर्ण गीत सङ्गीत प्रेमीलाई धन्यवाद दिएका छन् । दर्शक,स्रोताको माया र साथ सहयोगले आफु विजेता बनेको उनले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...