Skip to main content

धनगढी न्यूज

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघका दीपक राज भट्टले दिए अध्यक्ष पदको उमेदवारी

Advertisement

 ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि नेविसंघका तर्फबाट आज अध्यक्ष पदको उमेदवारी दर्ता गरिएको छ । क्याम्पसमा बिबिएस तेस्रो वर्ष (नयाँ) मा अध्ययनरत दीपक राज भट्टले अध्यक्षको उमेदवार रहने गरि आफ्नो नाम दर्ता गराएका छन् । आफ्नो उमेदवारी दर्ता पश्चात सबै तह , विधा समेट्ने गरि नेविसंघबाट सबै पदका उमेदवारहरु दर्ता गराइने अध्यक्ष पदका उमेदवार भट्टले बताए ।

आउँदो निर्वाचनमा प्यानलसहित विजयी भई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको बृहत्तर हकहीतमा लाग्ने उनले बताए । आफ्नो प्यानलमा सबै तिरबाट रुचाइएका , सधैँ विद्यार्थीहरुको माझमा रहने , गुनासो सुन्ने र त्यसलाई क्याम्पस प्रशासनसम्म लगेर निष्कर्षमा पुगाउने खालका जुझारु उमेदवार रहेकोले उनको जित सुनिश्चित रहेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।

स्ववियु निर्वाचनको चहलपहल बढिरहदाँ विद्यार्थी, विद्यार्थी नेता, पुर्व विद्यार्थी नेताको रोजाईमा समेत उनी छन् । उनको उम्मेदवारीले नेविसंघको जित निश्चित गर्ने विद्यार्थीहरुको विश्वास छ ।

यही चैत्र ५ गते देशव्यापी रुपमा स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...