Skip to main content

धनगढी न्यूज

कञ्चनपुरको भीमदत्तमा ऐलानी जग्गा नापजाँच

Advertisement

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ।

वषौँदेखि भूमिहिन, सुकुम्वासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले जानकारी दिए।

‘नगरप्रमुखबाट भूमिको कामकाज बढाउन दिएको निर्देशन आएपछि यस अघि वडा कार्यालयमा विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न सुरु गरिएको हो’, अध्यक्ष बोहराले भने, ‘पहिला अव्यवस्थित बसोबासीको जमिन नापी हुन्छ। त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमवासीका लागि खोजी हुन्छ।’ उनले  वडामा भूमिहिन दलिततर्फ १३, सुकुम्वासी तर्फ तीन र अव्यवस्थित बसोबासी तर्फ तीन सय १८ जनाले फाराम भरेको जानकारी दिए।

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रशाद रिजालले देशभर आयोगले तीव्र रुपमा जमिनकोे कामकाज अघि बढाएको उल्लेख गर्दै नापजाँचसँगै लालपूर्जा वितरण गरिने बताए। ‘भीमदत्तका १९ वटै वडामा जमिन नापजाँच हुन्छ’, उनले भने, ‘त्यसपछि आयोगमार्फत लालपूर्जा दिने प्रक्रिया सुरु हुन्छ।’ यसअघि भूमि आयोग कञ्चनपुरले दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरीसहितका भूमिहिन जनतालाई लालपूर्जा वितरण गरेको थियो। रतोपती बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...