Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार ‘भर्चुअल’ बैठकमार्फत प्रवासी नेपालीसँग प्रदेशमा लगानी भित्र्याउने विषयमा छलफल गरेका छन्।

‘सुदूरपश्चिम प्रदेश: नीति तथा कार्यक्रम, लगानी तथा विकास सम्मेलन २०८२ सम्वाद कार्यक्रम’ विषयक उक्त बैठकमा जोडिएका प्रवासी नेपालीले लगानीमैत्री वातावरण सिर्जना भएमा आफूहरु लगानी गर्न तयार रहेको जानकारी गराए।

योजनाहरुको प्राथमिकता र आवश्यकताको पहिचान गर्ने, लगानीको वातावरण निर्माण गर्ने, योगदान दिन सकिने क्षेत्रका साथै प्रदेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए।

र्माण हुनसके ठूलो पुँजी भित्र्याउन सकिने बैठकमा जोडिनुभएका प्रवासीहरुको भनाइ थियो। बैठकमा अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, रुसलगायत देशमा व्यवसाय गर्दै आएका ३० जना प्रवासी नेपाली जोडिएका थिए। मुख्यमन्त्रीले प्रवासमा रहेका नेपालीलाई समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आग्रह गरे।

‘विदेशमा सिकेको सीप र आर्जन गरेको पूँजी नेपालमा लागानी गर्न तपाईँहरुलाई आग्रह गर्दछु’, उनले भने, ‘लगानीमैत्री वातावरण तयार गर्न सरकार तयार छ।’ सरकारले प्रदेशको विकासमा टेवा पु¥याउन आगामी असोजमा लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ।

यसैबीच प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा आज धनगढीमा प्रदेशसभाका सदस्यहरुसँग सुझाव सङ्कलन गरेको छ। मुख्यमन्त्री शाहले नागरिकको चाहना र माग अनुरुप दिगो विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गरे। उनले भने, ‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएका छौँ।’

सरकारले आगामी वर्षको बजेट कार्यक्रममा कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, गुणस्तरीय भौतिक पूर्वाधार विकास, सामाजिक विकास, औद्योगिकीकरण, गरिबी निवारणलगायतका योजनालाई प्राथमिकता दिन लागेको छ। कार्यक्रममा सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सचिवलगायत सहभागी थिए।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...