Skip to main content

धनगढी न्यूज

‘सुदूरपश्चिम प्रदेशमा कमिसनका योजना मात्र प्राथमिकतामा’

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कमिसन आउने योजना मात्र प्राथमिकताका साथ सार्वजनिक गरेको आरोप लागेको छ। प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारले सार्वजनिक गरेको कार्यक्रमहरू कमिसनमा बिक्री भएका भन्दै आलोचना गरेका हुन्।

सुदूरपश्चिम सरकारले आइतवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम समृद्धिको दिशाभन्दा पनि राजनीतिक सन्तुलन र कार्यकर्ता व्यवस्थापनमा केन्द्रित रहेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले प्रदेश सकारले ल्याएको बजेटको कडा आलोचना गरेको छ। माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल)ले बजेट कार्यान्वयन गर्न नसकिने गरी ल्याइएको बताए। उनले स्रोत सुनिश्चित नभएको, सिद्धान्त र दीर्घकालीन योजना नभएको, २५ लाखभन्दा कमको योजना नल्याउने भनिए पनि साना-तिना योजना भरिएकाले बजेट उपभोक्ता समिति र बिचौलियामै केन्द्रित देखिएको बताएका छन्। प्रदेश गौरवका योजनाहरूमा कम बजेट विनियोजन गरिएको भन्दै कनिका छरेजस्तै नयाँ योजनामा बजेट हालिएको आरोप पूर्व मन्त्रीसमेत रहेका भाटको छ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक तथा पूर्व अर्थमन्त्री नरेश शाहीले बजेटबाट उत्साहजनक सन्देश आउन नसकेको बताए। सामाजिक र कृषि मन्त्रालयले केही प्रयास गरेजस्तो देखिए पनि भौतिक पूर्वाधार मन्त्रालयमा ५० प्रतिशत बजेट खन्याइएको उनले बताए। धेरै योजना कार्यकर्तामुखी, बिक्री गरिएका र पार्टीबाट माग भएको जस्तो देखिएका उनले बताएका छन्। उद्योग पर्यटन, वन र वातावरण मन्त्रालयको बजेट पनि निराशाजनक रहेको उनले बताए। तटबन्धको बजेटहरू आर्थिक चलखेलमा आएको देखिएको उनले बताए। तटबन्धको नाममा दुरुपयोग भइरहेका क्षेत्रमा अहिले पनि बजेट विनियोजन भएको भन्दै उनले विरोध गरेका हुन्। बजेटले प्रदेशको आर्थिक संरचना बुझ्न नसकेको स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले टिप्पणी गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतवार ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...