Skip to main content

धनगढी न्यूज

कैलालीको कैलारीमा एक महिना नपुग्दै भत्कियो ४४ लाखको तटबन्ध

Advertisement

धनगढी : कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीको तटबन्ध एक महिना नहुँदै भत्किएको छ।

 

सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत एक सय आठ मिटर तटबन्धन बनाएको थियो। गत जेठबाट निर्माणको काम सुरु भई असार पहिलो साता पूरा भएको वडा सदस्य टुनीराम चौधरीले बताए । उनले उपभोक्ता समितिको कमीकमजोरीका कारण बेइज्जत भएको बताएका छन्।

सुरक्षाका लागि बनाइएको तटबन्ध नै भत्केपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले तटबन्ध निर्माणमा आर्थिक हिनामिना भएको आरोपसमेत लगाएका छन्। स्थानीय बलबहादुर चौधरीले भने, “तटबन्धमा स्लोप बनाइएन। त्यसैले खेतबाट आएको बर्सातको पानीले तटबन्ध बगाएको हो।”

पाँच फिट उचाइ बनाउने भनिएको तटबन्ध होचो बनाइएका कारण पनि भत्केको स्थानीयको गुनासो छ। होचो तटबन्ध बनाएर माटो, बालुवाको ड्याम उठाइ पाँच फिट पु¥याइएको उनीहरूले जिकिर गरेका छन्। भलमनसा बाबुराम चौधरीले तटबन्धका लागि उपभोक्ता समिति निर्माण गर्न बोलाएको वडा कार्यालयले पहिले नै समिति बनिसकेको कागज देखाएको बताउनुभयो । बताए।

बिग्रे, भत्केको ठाउँमा पुनः बनाउनका लागि समितिलाई भनिसकेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर टेकराज बिनाडीले बताए। बिग्रेको ठाउँमा मर्मत नगरे समितिलाई धरौटी फिर्ता नदिने बिनाडीले बताए। उपभोक्ता समितिले डिभिजन कार्यालयमा दुई लाख रुपियाँ धरौटी राखेको छ।

कटानबाट खेत जोगाउनका लागि बनाइएको तटबन्ध खेतबाटै झरेको पानीले भत्किएको हो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...