Skip to main content

धनगढी न्यूज

पार्टीभित्रको मतभेदले विभाजनको दिशा लिँदैन : वर्षामान पुन

Advertisement

 

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखा परेका असमझदारी र मतभेदले संगठनमा विभाजन ल्याउने सम्भावना नरहेको बताएका छन् ।

पार्टी केन्द्री कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चार माध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरे ।

‘पार्टीभित्र उत्पन्न हुने सामान्य मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्ने हाम्रो अभ्यास हो’, पुनले भने, ‘यस्ता विषयहरू बाहिर जति हल्ला गरिए पनि, त्यसले पार्टी विभाजनसम्म पुर्‍याउँछ भन्ने भ्रम साँचो होइन, अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई थप एकताबद्ध गर्दै लैजानेछौँ ।’

उनले विचारमा समानता भएका अन्य दलहरूसँग भविष्यमा एकता प्रयास भइरहेको बताए ।  पुनका अनुसार, नेकपा एकीकृत समाजवादी, नेकपा लगायतका दलहरूसँग पार्टी एकताको विषयमा निरन्तर छलफल र संवाद चलिरहेको छ।

‘समाजवादी मोर्चामा आवद्ध दलहरूसँग समन्वय गर्दै हामी एकताको सम्भाव्यता खोजिरहेका छौँ, विचार र प्रवृत्ति मिल्नेहरूसँग स्वाभाविक रूपमा एकता सम्भव छ’, उनले थपे, ‘तर केही मानिसहरू यस्तो प्रक्रियामा अवरोध सिर्जना गर्न चाहन्छन्, भ्रम फैलाउँछन् । तर हामी संयमित ढंगले छलफललाई अघि बढाइरहेका छौँ ।’

पुनले पार्टीले औपचारिक एजेन्डाका रूपमा एकताको विषयलाई अघि सारेको बताए । बैठकको अन्त्यमा साझा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...