Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

Advertisement

घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित सासू र ससुरालाई पक्राउ गरेको छ ।

कञ्चनपुर। घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित सासू र ससुरालाई पक्राउ गरेको छ ।

मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  सागर बोहराले जानकारी दिए। सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो। त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए।

आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ प्रहरी नायब उपरीक्षक बोहराले भने।  उनका अनुसार मृतक भट्टका श्रीमान् पवनलाई आइतबार नै नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

बेलडाँडी-२ की सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन्। सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ। सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए।

गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो। उक्त झगडापछि त्यही दिन दुवैजना बेलडाँडी प्रहरी चौकीमा पुगेका प्रहरीले जनाएको छ। प्रहरीले दुवैजनालाई सम्झाई–बुझाई घर पठाएको थियो। त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन्। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।   धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...