Skip to main content

धनगढी न्यूज

सम्झनाको न्याय माग्दै विद्यार्थी सडकमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

Advertisement

घरभित्रै झुण्डिएर आत्महत्या गरेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भधट्टलाई न्याय माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

कञ्चनपुर। घरभित्रै झुण्डिएर आत्महत्या गरेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भधट्टलाई न्याय माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।आइतबार १७ वर्षिया भट्ट बेलडाँडी २ सिहपाल टोलस्थित घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।उनी लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत थिइन् ।


विद्यालयका विद्यार्थीहरुले विहान जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा सम्झनालाई न्याउ देउ भन्दै नाराबाजी गरी प्रदर्शन गरेका छन्।सम्झनाको तस्बिर सहित सम्झनालाई न्याय दे भन्ने लेखिएको ब्यानर बोकेर उनीहरुले नाराबाजी गरे।प्रहरी कार्यालयपछि उनीहरुले प्रशासन कार्यालयमा पनि सम्झनालाई न्याय मागेका छन्।भीमदत्त नगरपालिका ६ ऐठपुर माइती भएकी उनको बेलडाँडीका पवन भट्टसंग गत फागुनमा प्रेम विवाह भएको थियो।भट्ट अमिटी कलेजका विद्यार्थी हुन् ।

अहिले सम्झनाका पति पवन सहितका सासु र ससुरा आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। सम्झनाका माइतीले भट्ट विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएको छ।आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कर्याालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

सम्झनाको झुण्डिएइको भेटिएको दिन उनका श्रीमान् पवनलाई पक्राउ गरएको थियो।त्यसपछि उनका सासु र ससुरालाई पनि पक्राउ गरिएको छ ।सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ।गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो।झगडापछि त्यही दिन दुवै जना बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए।प्रहरीले दुबै जनालाई सम्झाई-बुझाई घर पठाएको थियो। त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन्।मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...