Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा दुई सामुदायिक वनमा गरिएको अतिक्रमण हटाइयो

Advertisement

शुक्लाफाँटा नगरपालिका-८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ । सङ्गठित रूपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा आज उनीहरूलाई हटाएको हो ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए । “असहज परिस्थितिको फाइदा उठाउँदै सङ्गठित रूपमा वन क्षेत्र अतिक्रमण गर्न आएका व्यक्तिहरूलाई समयमै हटाएर सामुदायिक वन जोगाएका छौँ,” उनले भने ।

स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उनले बताए । अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो । उल्टै अतिक्रमणकारीहरूले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पुर्‍या एका थिए ।

“हामीले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थियौँ, उहाँसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भएपछि मात्र अतिक्रमण हटाउन सफल भयौँ,” निर्देशक बिष्टले भने ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...