Skip to main content

धनगढी न्यूज

कैदीलाई आत्मसमर्पण गर्न कैलाली प्रहरीको सार्वजनिक अपिल

Advertisement

धनगढीः जिल्ला प्रहरी कार्यालय, कैलालीले फरार कैदी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ।

कैलाली कारागारबाट फरार भएका कैदी तथा थुनुवाहरूलाई तत्काल आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको हो। भदौ २४ गते कारागार परिसरबाट फरार भएका बन्दीहरूलाई कारागार प्रशासनले भाद्र २६ गते नै सूचना जारी गरिसकेको उल्लेख गर्दै प्रहरीले आज पुनः सार्वजनिक अपिल जारी गरेको छ।

प्रहरीले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने र भविष्यमा पाउन सकिने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने भएकाले तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी नायब उपरीक्षक एवम् कार्यालयका प्रवक्ता राजकुमार सिंहले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...