Skip to main content

धनगढी न्यूज

महाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी

Advertisement

महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ

कञ्चनपुर । महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ।
अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिए। ‘६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ।’ उनले भने, अर्को हप्तादेखी सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौ।’ अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा  बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको थियो। अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उनले बताए।

विगतको तुलनामा अस्पतालले विशेषज्ञ सहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। ‘विगतको तुलनामा यहाँबाट सेवा लिने विरामीको संख्या बढेको छ।’ उनले भने, ‘यहाँको मुख्य आवश्यकता भनेको सीटी स्क्यान थियो त्यो सेवा पनि सुचारु हुने अवस्थामा छ यसले यहाँका विरामीहरुलाई ठुलो राहत पुगाउँछ।’

उनले अस्पतालमा अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेकाले सेवाग्राहीलाई उपचारमा सजिलो भएको बताए। ‘अहिले विशेषज्ञ चिकित्सक सेवा थपिदै गएको सरकारले त्यहि अनुसारको भौतिक पूर्वाधार र स्वाथ्य उपकरण पनि थपिदै गएका छन।’ उनले भने, ‘अब कुनै पनि विरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन।’ रिफर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सक सहितको सेवा दिन थालेको छ।

अस्पतालमा मेडिसिन विभाग,हाडजोर्नी विभाग,सर्जरी विभाग,स्त्री तथा प्रसुती रोग विभाग,रेडीयोलोजी,एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो। अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भएपनि अहिले एक जना मात्रै दरबन्दीमा कार्यरत छन। अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिदै आएका छन।

‘अस्पतालमा सीटी स्क्यान सेवा नहुँदा यहाँबाट दैनिक ८/१० जना विरामी अन्यत्र रिफर हुने गरेका थिए अब त्यो समस्या हट्ने भएको छ।’ यहाँका स्थानीय इन्द्र साउँदले भने, ‘अब घर नजिकै सहुलियत शुल्कमा यहाँका स्थानीयले सीटी स्क्यान लगायतको विशेषज्ञ सेवा पाउनेछन।’ २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ मा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो। जिल्ला अस्पतालबाट स्तरोन्ती हुर्दै २०४३ सालमा ५० शैयाको अञ्चल अस्पताल (रेफरल सेन्टर) को रुपमा परिणत भयो। मुलुकमा संघीयतापछि प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नती भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो।

अस्पतालमा स्वीकृत स्थायी दरबन्दी अनुसार एघार तहका विशेषज्ञ चिकित्सक चार जना र नवौ र दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ। अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्री रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन । त्यसैगरि एक जना  मानसिक रोग विषेशज्ञ कार्यरत छन। अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट,डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि हालसम्म दरबन्दी अनुसारका चिकित्सकहरु उपलब्ध हुन सकेका छैनन।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...