Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

Advertisement

दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा सोमबार आज देखि सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् ।

 कञ्चनपुर । दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा सोमबार (आज) देखि सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार सुपथ मूल्य पसलमार्फत चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध हुनेछन् । धनगढी, महेन्द्रनगर, खलङ्गा, मङ्गलसेन, मार्तडी, दिपायललगायतका स्थानबाट खाद्य व्यवस्था कम्पनीका पसल सञ्चालन हुनेछन् ।

त्यस्तै, साल्ट ट्रेडिङका प्रमुख तेजबहादुर कुँवरले नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ तथा तेल, चिउरा, मैदा, पीठो र दालमा सात रुपैयाँसम्म छुट दिइने जानकारी दिएका छन् । डडेलधुरा, धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल र पाटनमा साल्ट ट्रेडिङका सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...