Skip to main content

धनगढी न्यूज

मौलिक सखिया नाचले थारू बस्तीमा ल्यायो चाडपर्वको रौनक

Advertisement

दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन्

 धनगढी । दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन् । परम्परागत रूपमा दसैँ–तिहारको बेला महिलाले सामूहिक रूपमा प्रस्तुत गर्ने यो मौलिक नृत्य अहिले थारू गाउँमा विशेष आकर्षण बनेको छ ।

गोदावरी नगरपालिका-८, फकलपुरका माधव चौधरीका अनुसार साँझपख महिलाहरू एकनासको थारू वेशभूषामा सजिएर मादल र मिजुराको तालमा नाच्न थालेपछि गाउँभरिकै माहोल चाडपर्वमय बनेको छ ।

सखिया नाचमा महिलाले गोलबद्ध भएर तालमेलसहित नाच्ने गर्छन् । ‘मदरिया’ ले बजाउने मादलको ताल अनुसार उनीहरूले विभिन्न शैलीमा प्रस्तुत गर्ने यो नाचलाई सामूहिक मैत्रीको प्रतीक मानिन्छ । थारू महिलाले साथीलाई ‘सखी’ भन्ने भएकाले यो नृत्यलाई ‘सखिया नाच’ भनिएको हो ।

परम्परागत रूपमा दसैँ-तिहारमा सीमित सखिया नाच अहिले विभिन्न सामाजिक कार्यक्रम, मेला र महोत्सवमा पनि प्रस्तुत हुन थालेको छ । यसले थारू समुदायको मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तामा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको स्थानीयको भनाइ छ ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...