Skip to main content

धनगढी न्यूज

साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्यालेस

Advertisement

रूपन्देहीमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो।

सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन तथा सञ्चालनको लागि हायातसँग सम्झौता गरेको हो।

होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी छ। लगानीकर्ताहरूको यो टिमले करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्स र बुटवल हस्पिटल प्रालिसँग सहकार्यमा सञ्चालन गरिरहेका छन्।

प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले २५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी भएको बताए। यो होटल रूपन्देहीको पाँचौं तथा बुटवलको पहिलो पाँचतारे होटल हो। यसअघि भैरहवा, लुम्बिनी र तिलोत्तमामा पाँचतारे होटल सञ्चालनमा आइसकेको भए पनि बुटवलमा भने यो पहिलो हो।

नेपाल भारत सिमानाका बेलहियाबाट २८ किलोमीटर र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि २५ किलोमिटरको दुरीमा पुग्न सकिने र होटलको अगाडि बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले बुटवलमा आउने पर्यटकहरूलाई सहज हुने अध्यक्ष पौडेलले बताए।

जमिनमुनि २ तला पार्किङ र जमिनमाथि १० वटा तलामा ६ श्रेणीका कुल १०९ वटा कोठा रहेका छन्। जहाँ एकरातमा २५० जना पाहुना राख्न सकिने छ। ५ हजार ७४६ वर्ग मिटरमा फैलिएको होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङकेट हल, क्यासिनो, स्पा, ४ वटा सेमिनार हल र अन्य सुविधाहरू छन्।

होटलमा ३६ हजार स्क्वायरफूट क्षेत्रफलमा क्यासिनो निर्माणको काम अन्तिम चरणमा पुगेको छ। होटल पूर्ण रूपमा संचालनमा आइपुग्दा ३५० जनालाई रोजगारी प्रदान गर्ने अध्यक्ष पौडेलले जानकारी दिए।

अध्यक्ष पौडेले यसअघि नै निजी क्षेत्रबाट दुई वटा केबलकार सञ्चालनमा आइसकेको तथा स्वास्थ्य र शिक्षा क्षेत्रको हब बनिरहेकोले बुटवलमा पर्यटन क्षेत्रको ठूलो सम्भावना देखेकोले होटलमा लगानी गरेको बताए।

‘मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएकोले हायात प्यालेस बुटवललाई हामीले गहनाको रूपमा लिएका छौं,’ पौडेलले भने।

हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल नारायणगढ सडक निर्माण सम्पन्न हुँदा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा होटलले बुटवल क्षेत्रको विकासमा थप टेवा पुर्‍याउने उनले बताए।

‘अहिले यो क्षेत्रमा भारतीय पर्यटकहरूको आकर्षण बढेको छ, नजिकै रहेको भारतको उत्तर प्रदेशमा रहेको करिब २४ करोड जनसंख्या मध्ये केहि प्रतिशतलाई मात्र ल्याउन सकिएपनि नेपालकै पर्यटन क्षेत्र धानिन्छ,’ उनले भने।

२०७७ सालमा होटल निर्माणको सुरूवात गर्दा २०७९ साल भित्रै सञ्चालनमा ल्याउने गरी सुरू गरिएको भए पनि कोभिड १९ को महामारी र त्यसपछि सुस्त बनेको आर्थिक क्षेत्रको कारण निर्माणमा ढिलाइ भएको पौडेलले बताए।

हायातले २५ नोभेम्बरदेखि पूर्ण रूपमा व्यस्थापन गरि संचालनमा ल्याउने अध्यक्ष पौडेलले बताए। सन् २००६ मा स्थापना भएको हायातले संसारभर ४२० स्थानमा होटलहरू संचालन र व्यवस्थापन गर्दै आएको छ।सेतोपाटी बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...