Skip to main content

धनगढी न्यूज

Day: November 23, 2025

रूस-युक्रेन युद्ध रोक्ने ट्रम्पको योजना खासमा रूसले बनाएको अमेरिकी सांसदको दाबी!

रूस-युक्रेन युद्ध रोक्ने ट्रम्पको योजना खासमा रूसले बनाएको अमेरिकी सांसदको दाबी!

रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना रूसले बनाएको भनेर अमेरिकी सांसदहरूले दाबी गरेका छन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ। सो योजनाको अहिले युरोपमा मात्रै नभएर ट्रम्पकै रिपब्लिकन पार्टीका नेताहरूले समेत विरोध गरिरहेका छन्। यसै क्रममा सो दस्तावेज ट्रम्प सरकारले नभएर रूसले बनाएको भनेर अमेरिकी विदेश मन्त्री मार्को रूबियोले आफूलाई बताएको केही अमेरिकी सांसदले दाबी गरेका छन्। सो योजनाबारे युक्रेनी अधिकारीहरूसँग वार्ताका लागि जेनेभा जानुअघि रूबियोले सत्तारूढ रिपब्लिकन र विपक्षी डेमोक्र्याटिक दुवै पार्टीका केही सांसदसँग भेट गरेको विभिन्न मिडियाले लेखेका छन्। सो भेटमा अमेरिकालाई रूसले सो प्रस्ताव पठाएको…
Read More
‘भोज सकिएपछि जन्ती जानुको अर्थ हुन्न, आत्मनिर्णयको अधिकार प्रयोग गर्दै पार्टी छोड्यौं’

‘भोज सकिएपछि जन्ती जानुको अर्थ हुन्न, आत्मनिर्णयको अधिकार प्रयोग गर्दै पार्टी छोड्यौं’

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरूले पार्टी छाडेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने निर्णय लिएका छन् । आफ्नो वैचारिक धार र देशको वर्तमान राजनीतिक आवश्यकताका कारण आफू नेकपामा समाहित हुन लागेको बताउँदै उनले यसलाई वैचारिक ध्रुवीकरणको प्राकृतिक कदम भएको दाबी गरेका छन् । अशोक राईसँगको ४० वर्षे सहकार्य टुङ्ग्याउँदै आफ्नो बाटो लागेका नेता राजेन्द्र श्रेष्ठसँग अनलाइनखबरका दुर्गा खनालसँग गरेको कुराकानीको सम्पादित अंश : तपाईंले जसपा छोड्ने निर्णय किन गर्नुभयो ? अहिले देशको राजनीति सुव्यवस्थित अवस्थामा छैन। सिङ्गो नेपाली समाज नै सुव्यवस्थित अवस्थाबाट जुटिरहेको अवस्था छैन । खासगरी, यो जेनजी आन्दोलन पश्चात् देशको परिस्थिति विश्लेषण गर्दा, सङ्घीयता, गणतन्त्र,…
Read More
बैतडीका टेकसिंह सात वर्षदेखि पहाडी उत्पादन घरदैलोमा पुर्‍याउँदै

बैतडीका टेकसिंह सात वर्षदेखि पहाडी उत्पादन घरदैलोमा पुर्‍याउँदै

धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिका-३ देउलेखका टेकसिंह कार्कीले पहाडी उत्पादन खरिद गरेर बिक्री गर्न थालेको सात वर्ष भयो। सात वर्ष अगाडि कार्कीले बैतडी र दार्चुलाबाट स्थानीय उत्पादन खरिद गर्ने र कैलाली तथा कञ्चनपुरका सहरी क्षेत्रमा ल्याएर बिक्री गर्न थालेका हुन्। सात वर्ष अगाडि टेकसिंह आफ्नै बारीको २५ डोका सुन्तला लिएर धनगढी आएका थिए। उनले त्यो सुन्तला दस दिन लगाएर बिक्री गरेको सुनाए। उक्त सुन्तला बिक्रीबाट २५ हजार आम्दानी भएको बताउने कार्कीले त्यसपछि नै पहाडी उत्पादन ल्याएर तराईमा बिक्री गर्न थालेको बताए। "सात वर्ष अगाडि आफ्नै बारीको २५ डोका सुन्तला लिएर धनगढी आएको हुँ। त्यो बेला सबै सुन्तला बिक्री गर्न दस दिन…
Read More
सरकारसँग वार्तापछि प्रसाईँ समूहद्वारा सहमतिका १० बुँदा सार्वजनिक

सरकारसँग वार्तापछि प्रसाईँ समूहद्वारा सहमतिका १० बुँदा सार्वजनिक

काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग १० बुँदे सहमति भएको दाबी गरेको छ । नेपाल सरकार र महाअभियानको बीचमा गएराति भएको वार्तापछि विभिन्न १० बुँदे सहमति भएको महाअभियानको दाबी छ । सरकारले भने शनिबार बन्द फिर्तासहितका सहमतिका केही बुँदा सार्वजनिक गरेकाे थियो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको  र १० बुँदे सहमति भएको महाअभियानले बताएको छ । सहमतिमा लघुवित्त र सहकारीमा भएको २० लाख भन्दा मुनीको ऋण मिनाहा गर्ने र सहकारी बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सन्दर्भमा सरकार, महाअभियान र सरोकारवाला निकाय र बचतकर्ता बिच संयन्त्र निर्माण…
Read More
अहिलेको मूल्यमा सेयर किन्दा कति पाइन्छ लाभांश?

अहिलेको मूल्यमा सेयर किन्दा कति पाइन्छ लाभांश?

अहिले सेयर बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेका छन्। अहिले लगानी गर्नेले छोटो अवधिमै कम्पनीहरूले दिने यस्तो लाभांश प्राप्त गर्ने अवसर पनि छ। त्यसो भए के लाभांश दिन्छ भन्दैमा कम्पनीको सेयर किनिहाल्नु सही हो? सधैं यो अवस्था नहुन सक्छ। तपाईंले लगानी गरेको मूल्यका आधारमा कति लाभांश पाइरहनुभएको हो भनेर हेर्न सकिन्छ। कम्पनीको अहिलेको मूल्य वा आफूले हाल्न लागेको मूल्यका आधारमा घोषणा गरेको लाभांश कति प्रतिशत हो भनेर हेर्न सकिन्छ। उदाहरणका लागि युनिलिभर नेपाललाई लिऊँ। युनिलिभरले एक कित्ता सेयर बराबर एक हजार आठ सय ४२ रूपैयाँ नगद लाभांश दिँदैछ। अंकित मूल्य एक सय रूपैयाँ भएको यो कम्पनीले अहिले दिन…
Read More
जनार्दनले को-कोसँग मिलेर गर्दैछन् एकता घोषणा सभा ?

जनार्दनले को-कोसँग मिलेर गर्दैछन् एकता घोषणा सभा ?

७ मंसिर, काठमाडौं । जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो । यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यही सहमति अनुसार आज सार्वजनिक सभा गरेर एकता घोषणा गर्न लागिएको हो…
Read More
किसानलाई धानको मूल्य पाउन समस्या

किसानलाई धानको मूल्य पाउन समस्या

धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ। कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने बताउन थालेपछि आफू समस्यामा परेको किसानले बताएका छन्। “व्यापार कम्पनीले धान खरिद गर्न रोकेको छ, निजी व्यापारीले तोके बमोजिमको मूल्यमा बेच्नुपर्दा लागानी पनि उठ्न सक्ने अवस्था छैन”, गोदावरी नगरपालिकाका किसान सुभाष चौधरीले भने। कम्पनीले तोकिएको कोटा बमोजिमको परिमाणमा धान खरिद गरिसकेपछि खरिद स्थगित गरेको हो। थप कोटाको धान खरिद गर्ने वा नगर्ने भन्नेमा आजसम्म कुनै टुङ्गो लाग्न नसकेको धनगढीस्थित कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले बताए।…
Read More