Skip to main content

धनगढी न्यूज

किसानलाई धानको मूल्य पाउन समस्या

Advertisement

धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ। कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने बताउन थालेपछि आफू समस्यामा परेको किसानले बताएका छन्।

“व्यापार कम्पनीले धान खरिद गर्न रोकेको छ, निजी व्यापारीले तोके बमोजिमको मूल्यमा बेच्नुपर्दा लागानी पनि उठ्न सक्ने अवस्था छैन”, गोदावरी नगरपालिकाका किसान सुभाष चौधरीले भने। कम्पनीले तोकिएको कोटा बमोजिमको परिमाणमा धान खरिद गरिसकेपछि खरिद स्थगित गरेको हो। थप कोटाको धान खरिद गर्ने वा नगर्ने भन्नेमा आजसम्म कुनै टुङ्गो लाग्न नसकेको धनगढीस्थित कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले बताए। कम्पनीको धनगढीस्थित प्रादेशिक कार्यालयले मोहनपुरबाट गत १२ कात्तिकदेखि र टीकापुर, सत्ती, जोशीपुर भजनी, गौरीगङ्गा क्षेत्रमा कात्तिक १६ देखि धान खरिद गर्न थालेको थियो।

निजी व्यापारी (गल्ला व्यापारी)ले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यको तुलनामा निकै कम अर्थात् प्रतिक्विन्टल रु दुई हजार ६०० सम्ममा धान खरिद गर्ने गुनासो किसानको छ। कार्यालय प्रमुख थापाले यस वर्ष ३५ हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा योभन्दा थप तीन हजार क्विन्टल बढी धान खरिद गरिसकिएको जानकारी दिए। उनले भने, “उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको टोलीले कैलालीमा किसान र उत्पादनको परिमाणका बारेमा स्थलगत अध्ययन गरी फर्किएको छ, कोटा थप नभएसम्म धान खरिद गर्न सकिने अवस्था छैन।”

सरकारले यस वर्ष प्रतिक्विन्टल मोटा धान रु तीन हजार ४६३, पैसा ८१ र मध्यम धानको रु तीन हजार ६२८ पैसा ३३ न्यूनतम् समर्थन मूल्य तोकेको छ। सरकारले मोटा धान र मध्यमधानको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेपनि कैलालीको हकमा कम्पनीले विगतमा जस्तै मोटा धान मात्र खरिद गर्दै आएको छ। किसानले धानको उचित मूल्य नपाइरहेको अवस्थामा व्यापार कम्पनी लिमिडेडले खरिदको व्यवस्था गर्दा उचित मूल्य पाएर राहत मिलेपनि थप किसानको धान भने बिक्री हुन सकिरहेको छैन। कैलालीमा गत वर्ष झण्डै ५० हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकिएकामा ३४ हजार ५०१ क्विन्टल खरिद गरिएको थियो।

सरकारले समयमै न्यूनतम् समर्थन मूल्य तोक्दा धानको बजार मूल्य कामय गर्न केही हदसम्म सघाउ पु¥याउने गरेको किसानको भनाइ छ। नेपालमा वर्षेनी २० अर्ब हाराहारीको धान र चामल भारतबाट आयात हुने गरेकामा गत वर्ष ४३ अर्ब बराबरको धान र चामल आयात भएको जनाइएको छ। भारतबाट सस्तो मूल्यमा आयातित धान निजी व्यापारीका गोदाममा अझैँ मौज्दात रहेकोको अवस्थामा व्यापारीले थप धान खरिद गर्न नसक्दा स्थानीय उत्पादनले बजार पाउन नसकिरहेको कार्यालय प्रमुख थापाले बताए। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...