Skip to main content

धनगढी न्यूज

ओली र प्रचण्डले समेत पत्याएका सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्रमन्त्री

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुरक्षा विज्ञ बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । शर्माले शुक्रबारै शपथ पनि लिइसकेका छन् । यसअघि परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी थिइन् ।

नेपाली सेनाका अवकाश प्राप्त रथी शर्मा सैन्य रणनीतिकार मानिन्छन् । सुरक्षा विज्ञको रुपमा उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा काम गरिसकेका छन् । शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रुचाएका व्यक्ति पर्छन् ।

२०७८ सालमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला शर्मालाई कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त गरिएको थियो । त्यसअघि यसको प्रमुखमा ईश्वर पोखरेल थिए । ओलीले शर्मालाई सीसीएमसी प्रमुखमा नियुक्त गरेपछि त्यसबेला सकारात्मक प्रतिक्रिया आएका थिए ।

२०६७ मंसिरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले माओवादी लडाकु रेखदेख, अनुगमन र पुनःस्थापनासम्बन्धी विशेष समितिले लडाकुलाई नियन्त्रण गर्नेगरी गठित सचिवालयको संयोजकमा नेपाली सेनाका पूर्वरथी शर्मालाई नियुक्त गरेको थियो । शर्मालाई नियुक्त गर्नुपर्ने प्रस्ताव माओवादीको थियो । सचिवालय संयोजक कसलाई बनाउ भन्नेमा तीन महिनादेखि सरकार र माओवादीबिच रस्साकस्सी चलिरहेको थियो । माओवादीले पूर्व लडाकु नन्दबहादुर पुनलाई संयोजक बनाउन चाहेको थियो तर सरकारलाई मान्य भइरहेको थिएन । पछि माओवादीले शर्मालाई प्रस्ताव गरेपछि सहमति भएको थियो ।

परराष्ट्रमन्त्री नियुक्त शर्मा २०२४ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका थिए । उनले २०६४ मा रथीबाट अवकाश पाए । उनले सन् २००४ देखि २००७ सम्म गोलानहाइटमा राष्ट्रसंघीय सैनिक मिसन प्रमुख भई समेत काम गरेका थिए । उनले केही समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन समेत गरेका थिए । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...