Skip to main content

धनगढी न्यूज

‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

Advertisement

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टी एकताको घोषणा गर्दै राजनीतिक वृत्तलाई गतिलो ‘सरप्राइज’ दिएका थिए । पार्टी एकताकै भोलिपल्ट अर्थात् सोमबार प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा समाप्त हुँदैछ ।

दुवै दलका तर्फबाट कसरी समानुपातिक उम्मेदवार छानिएलान् भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । यद्यपि, दुवै दलका नेता यसमा कुनै ठुलो समस्या नरहेको बताउँछन् । उनीहरूले आजै निर्धारित समयभित्रै समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी काम भइरहेको रातोपाटीलाई जनाएका छन् ।

लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार चुनावसम्म दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने गरी समन्वय समिति बनाउने र निर्वाचनसम्म त्यो समन्वय समितिले नै पार्टीको सम्पूर्ण जिम्मेवारी लिने सहमति भएको छ ।

समानुपातिक उम्मेदवार पनि त्यही समन्वय समितिले छान्ने जानकारी दिँदै उनले दुवै पार्टीबाट आएका सूची निर्वाचन आयोगमा बुझाउने र २६ गते समन्वय समितिको निर्देशन अनुसार उक्त सूचीमा आवश्यक ‘करेक्सन’ गरिने बताए ।

एकीकृत पार्टीको नाम, चुनाव चिह्न, अध्यक्ष, पदाधिकारी लगायतको चरणमा प्रवेश नै नगरिएको शुक्लाको भनाइ छ । यसबिचमा अरु पार्टी पनि एकतामा आउन लागेको जानकारी दिँदै उनले यसबारे त्यही समन्वय समितिले आवश्यक निर्णय गर्ने उनले प्रस्ट पारे ।

‘हामी एउटै चुनावचिह्न लिएर चुनावमा जाने हो, त्यसका लागि हामी एउटा निर्णयमा पुग्छौँ,’ शुक्लाले रातोपाटीसँग भने, ‘त्यसलाई दुई अध्यक्ष बसेर फाइनल गर्नुहुन्छ । त्यसलाई नै मानेर जाने भन्ने सहमति भइसकेको छ ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज र भोलि जनकपुरमा व्यस्त भएकाले उनी फर्किएपछि मात्र अन्य विषयमा छलफल अघि बढ्ने शुक्लाले जानकारी दिए ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले दुई पार्टीबिच एकीकरण भइसकेको जानकारी दिँदै एकीकृत पार्टीकै तर्फबाट समानुपातिक उम्मेदवारको सूची बुझाइने बताए । यद्यपि, एकीकृत पार्टीको नाम फाइनल गर्न बाँकी रहेको उनको भनाइ छ । ‘बेलुकासम्म हामी पार्टीको नाम र उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी तयारी गरिरहेका छौँ,’ उनले भने ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...