Skip to main content

धनगढी न्यूज

कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा

Advertisement

धनगढी: धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरिको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन्।

कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले कारागार वरिपरि दुर्गन्धित वातावरण भइरहेपनि फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिइएको स्थानीयको गुनासो छ। कारागार नजिकैको निजी खेतीयोग्य जग्गा ढलले भरिएपछि जग्गा धनी स्थानीय पार्वती खरेल खेती गर्नबाट वञ्चित भएकी छिन्।

उनले गुनासो गरिन्, “कारागारको शौचालय र ढलबाट बग्ने फोहोर वर्षौँदेखि आफ्नो पाँच कट्ठा जग्गामा जमिरहन्छ, फोहोर जम्न थालेपछि न खेती गर्न सकिन्छ, दुर्गन्धले न नजिक जान सकिन्छ।” उनले जग्गामा विगतमा धान, गहुँ, तरकारी खेती गरेर परिवार पाल्दै आएकी थिइन। स्थानीयवासी फोहोर जम्दा हुने दुर्गन्धित वातावरणले सास फेर्नै गाह्रो हुने मात्र नभई झिँगा–लामखुट्टे बढेर रोगको सङ्क्रमणको डरमा बाँच्नुपरेको बताउँछन्। बालबालिका, वृद्ध र बिरामीका लागि यो वातावरण झनै जोखिमपूर्ण बनेको छ। कारागार नजिकको टोलका झन्डै एक दर्जन बढी परिवार दुर्गन्धले प्रभावित भइरहेका छन्।
“वर्षातको मौसममा त यहाँ हिँड्नै सकिँदैन, ढल र सडकको पानी मिसिएर पूरै क्षेत्र दलदलजस्तै हुन्छ।” अर्का स्थानीय प्रतिभा खरेलले भनिन्।

समस्या समाधानका लागि पार्वती खरेलले जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार, धनगढी उपमहानगरपालिका, वडा कार्यालयमा निवेदन दिए पनि सुनुवाइ गरिएको छैन। तीन वर्षअघि जिल्ला प्रशासनले समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै ठोस काम हुन नसकेको स्थानीयको गुनासो छ। फोहोर व्यवस्थापनको नीतिअनुसार धनगढी उपमहानगरपालिकाबाट घरायसी तथा सार्वजनिक फोहोर स्रोतदेखि नै छुट्याएर सङ्कलन गर्ने, कुहिने फोहोरबाट कम्पोस्ट र बायो ग्याँस उत्पादन गर्ने, नकुहिने फोहोरको पुनः प्रयोग तथा बिक्री र खोलानाला, नदी तथा सार्वजनिक जलस्रोतमा फोहोर फाल्न प्रतिबन्ध लगाइएको छ। तर आफूहरूको टोलमा फोहोरको उचित व्यवस्थापन नहुँदा फोहोरी वातावरणमै बस्नु परेको स्थानीय बताउँछन्।

धनगढी उपमहानगरपालिका–१ वडाध्यक्ष सन्तोष मुडभरीले कारागारको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय प्रशासनको भए पनि अहिलेसम्म सुनुवाइ नगरिँदा समस्या भइरहेको बताए। उनले भने “तीन वर्षअघि प्रशासनले समाधान हुन्छ भनेपछि स्थानीय शान्त भएका थिए, तर अहिलेसम्म समस्या समाधान नहुँदा आक्रोश बढेको छ।” स्थानीय पार्वती खरेल धनगढी उपमहानगरपालिकाले खोलामा फोहोर फाल्ने सर्वसाधारणलाई जरिवाना गर्ने गरेको देखिए पनि कारागारबाट निस्कने ढलले निजी जग्गा डुबाउँदा चासो नलिएको बताउँछिन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...