Skip to main content

धनगढी न्यूज

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

Advertisement

२० माघ, काठमाडौं ।  सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ ।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयअनुसार सोमबार शहीद परिवारलाई वितरण गर्ने रकमसहितको कार्यक्रम खाका अर्थ मन्त्रालयमा प्राप्त भएको बुझाएको मन्त्रालय उच्च स्रोतले बतायो ।

‘पहिला प्रचलित कानुन अनुसार उपलब्ध गराउने निर्णय क्याबिनेटले गरेको थियो । तर जीवन निर्वाह भत्ता कर्मचारीले तलब पाएजसरी पाउनुपर्ने माग जेनजीहरुको थियो । त्यसपछि फेरि मन्त्रिपरिषद बैठकले अनुदान रकम दिने भनेर निर्णय ग¥यो । अहिले रकमसहित त्यही कार्यक्रमको खाका सोमबार अर्थमा पेस भएको हो,’ स्रोतले भन्यो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये ४२ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।

शहीद घोषणा गरिएकाका परिवारलाई सरकारले १० वर्षसम्म मासिक २१ हजार आठ सय रुपैयाँको दरले वितरण गर्ने तयारी गरेको छ । प्रत्येक वर्ष चाडबाड भत्तासहित १३ महिनाको सुविधा जेनजी शहीद परिवारले पाउने छन् । ‘४२ जना शहीद परिवारलाई मासिक २१ हजार आठ सय रुपैयाँ १३ महिनासम्म उपलब्ध गराउँदा ११ करोड ९० लाख २८ हजार रुपैयाँको हिसाब आयो,’ मन्त्रालय स्रोतले भन्यो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...