Skip to main content

धनगढी न्यूज

को हुन् रिन्पोछे, जो नेपाल आएपछि राजनीतिक र कूटनीतिक क्षेत्रमा तरङ्ग बढ्यो ?

Advertisement

काठमाडौँ । एउटा प्रवचनका लागि तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएसँगै तरंग उत्पन्न भएको छ । माघ १५ गते नेपाल आइपुगेका रिन्पोछेलाई नेपाल सरकारले उच्च सुरक्षा तथा सत्कार दिएको भन्दै विभिन्न राजनीतिक दलले आलोचना गरेका हुन् ।

उता, नेपालस्थित चिनियाँ दूतावासले पनि परराष्ट्र मन्त्रालयसँग कूटनीतिक माध्यमबाट यस विषयमा चासो प्रकट गरेको छ । यद्यपि नेपाल सरकारका तर्फबाट हालसम्म यसबारे कुनै प्रतिक्रिया आएको छैन ।

डोल्पो समाजको निमन्त्रणामा नेपाल आएका धर्मगुरु रिन्पोछे माघ १८ गतेदेखि १० दिनसम्म चल्ने प्रवचनमा सहभागी हुने बताइएको छ । यो बिचमा प्रवचन सम्पन्न हुन नसकेमा उनको नेपाल बसाइ अझ बढ्न सक्ने समाजले जनाएको छ ।

डोल्पो समाजका एक प्रतिनिधिले रातोपाटीसँग भने, ‘प्रवचन चलिरहेको छ । तोकिए अनुसार १० दिनमै सकिएमा ठिकै छ, नत्र समय अझै थपिन सक्छ ।’ प्रवचन सकेरमात्र धर्मगुरु रिन्पोछे फर्किने उनको भनाइ छ ।

धर्मगुरु रिन्पोछेको भ्रमणलाई लिएर मिडियाले विवाद बढाएको ती प्रतिनिधिले बताए । उनले भने, ‘मिडियाले नानाथरी कुरा लेखेका कारण यो विवादजस्तो देखिएको हो । एउटा गुरु आएर प्रवचन दिनु नयाँ कुरा होइन, तर मिडियाले विवादास्पद बनाएका हुन् ।’

डोल्पो समाजले भनेजस्तो धर्मगुरु रिन्पोछेको नेपाल भ्रमण स्वाभाविक र सामान्य नरहेको विभिन्न दलको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले धर्मगुरु रिन्पोछेको नेपाल भ्रमणको विरोध गरेका छन् ।

बुधबार फरक–फरक कार्यक्रममा सहभागी दुवै नेताले धर्मगुरु रिन्पोछेको भ्रमणलाई ‘चीन विरोधी गतिविधि’का रूपमा चित्रण गरे ।

नेकपाका वरिष्ठ नेता खनालले धर्मगुरु रिन्पोछेको भ्रमण सामान्य धार्मिक गतिविधिमात्र नभई कूटनीतिक रूपमा संवेदनशील विषय भएको दाबी गरे । सरकारकै संरक्षणमा यस्तो गतिविधि हुनुले नेपालको स्थापित ‘एक चीन नीति’माथि ठाडो प्रहार भएको टिप्पणी गर्दै उनले यसले नेपाल–चीन सम्बन्धलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पु¥याएको बताए ।

यो विषय कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही देशमा थप राजनीतिक सङ्कट निम्त्याउने खतराका रूपमा रहेको खनालको भनाइ छ ।

अर्कोतिर एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका उपाध्यक्ष थापाले पनि सरकारले चीन विरोधी मानिएका दलाई लामाका एक प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सम्मानसहित स्वागत र संरक्षण गरेको आरोप लगाए ।

थापाले भने, ‘त्यस घटनाबाट चाइनिजहरू उत्तेजित भएका छन् र दुई वटा विकल्प रोज्नुस् भनेका छन्– या त चीन विरोधीलाई कारबाही र निकाला गरेर क्षमा याचना गर्नुप¥यो । त्यो नगर्ने हो भने यसको परिणाम भोग्न तयार हुनुप-यो ।’

सरकारले चीन विरोधीहरूलाई संरक्षण दिइरहेको दाबी गर्दै एमाले उपाध्यक्ष थापाले यो घटनालाई लिएर चिनियाँहरू असन्तुष्ट रहेको धारणा राखे ।

सन् १९७० मा तिब्बतमा जन्मेका धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नाम तुल्कु छोकी नाङपा रिन्पोछे हो । सन् १९९३ देखि रिन्पोछे भारतमा बस्न थालेका हुन् । उनले भारतकै गान्देन गुम्बा विश्वविद्यालयमा अध्ययन गरेका छन् भने दलाई लामाबाट प्रवचन र अभिषेक प्राप्त गरेका छन् ।

रिन्पोछे जोनाङ गुम्बा विश्वविद्यालय र भारतको शिमला तथा धर्मशालास्थित कालचक्र ध्यान केन्द्रमा अध्यापन गर्छन् भने युरोप, दक्षिण अमेरिका र ताइवानलगायतका देशमा प्रवचन दिइसकेका छन् । यसैक्रममा उनी नेपाल आएका हुन् ।

जेनजी आन्दोलनमा तिब्बतीहरूको सहयोग रहेको आशंका भइरहेका समयमा धर्मगुरु रिन्पोछे नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएसँगै सुशीला कार्कीलाई दलाई लामाले बधाइ दिएका थिए । दलाई लामाले नेपालका कुनै पनि प्रधानमन्त्रीलाई यसअघि यसरी बधाई दिएका थिएनन् । दलाई लामाकै सबैभन्दा निकट र विश्वासपात्र रहेका रिन्पोछे नेपाल भ्रमणमा आएपछि नेपालको राजनीतिलाई तरङ्गित बनाएको छ । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...