Skip to main content

धनगढी न्यूज

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

Advertisement

२७ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ ।

महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ ।

तर सुरक्षाको आवश्यकता अनुसार जुनसकुै घेरामा पनि सेना खटिनसक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ ।

नेपाली सेना निर्वाचन सुरुक्षाबारे आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलताको आधारमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा सेना खटिन सक्छ ।’

जसअनुसार सबैभन्दा सुरक्षा संवेदनशीलता तथा चुनौती देखिएका त्यस्ता ठाउँहरूमा नेपाली सेनालाई सुरुमै पहिलो घेरामा खटाउन सकिने पनि देखिन्छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने पनि सेनाले बताएको छ ।

युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापा भन्छन्, ‘निर्वाचनको दौरानमा शान्ति सुरक्षा दिने क्रममा नेपाली सेनाका फौजहरू परिचालन हुनेछन् । हामीसँग भएका विभिन्न किसिमका साधानहरू, सामाग्रीहरू र हाम्रो क्षमता सदुपयोग गरेर यो निर्वाचनलाई नेपाली जनताको चाहान बमोजिम एकमद सफलतापूर्वक सम्पन्न गर्न हामी प्रभावकारी ढंगले परिचालन भएर आफ्नो काम सम्पन्न गर्नेछौं ।’अन्लाईनखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...