Skip to main content

धनगढी न्यूज

झापामा ओलीका यी हुन् ४२ प्रतिबद्धता : राम्राको संरक्षण, अधुराको जिम्मेवारी

Advertisement

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमा मुख्य चार क्षेत्र छनोट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेटिएको छ ।

झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमाले अध्यक्ष ओलीको प्रतिबद्धता पत्रमा स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिँदै, खण्डित हुँदै गइरहेको उल्लेख छ ।

ओलीको प्रतिबद्धता पत्रमा राजनैतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि जनाइएको छ । स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गर्दै चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको जनाइएको छ ।

त्यसैगरी सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुराहरू प्रसारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल पनि भएको भन्दै कृत्रिम बुद्धिमत्ताको नियमनमा कानुनको अभावमा व्यापक दुरुपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको जनाइएको छ ।

नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम पनि रहेको स्पष्ट पारिएको छ । यो नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा (एमाले) जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी प्रति पनि प्रतिबद्धता जनाइएको छ ।

प्रतिबद्धता पत्रका मुख्य क्षेत्र

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता र कार्यक्रम रहने छ ।’

यस्तै भ्रष्ट्राचार नियन्त्रणको सवालमा उल्लेख गरिएको छ कि, ‘देशमा भएको भ्रष्ट्राचार र कुशासनको अन्त्य गर्नु अपरिहार्य भएको छ । भ्रष्ट्राचार नियन्त्रण नाराले मात्र सम्भव छैन । त्यसका लागि कार्यक्रमको आवश्यकता पर्छ ।’ विगतमा एमाले सरकारमा हुँदा भ्रष्ट्राचार नियन्त्रणको काम सुरु गरी केही उपलब्धिसमेत प्राप्त भएको उल्लेख गर्दै भ्रष्ट्राचार नियन्त्रणमा शून्य सहनशीलता अपनाइने उल्लेख गरिएको छ ।

राष्ट्र, राष्ट्रियताको सवालमा, नेपाल भूपरिवेष्ठित मुलुक भएको र यस्ता देशका समस्या विशेष खालका हुने उल्लेख गर्दै भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउनका लागि छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिहरूमार्फत बाट कूटनीतिक रूपमा कार्य अगाडि बढाइने जनाइएको छ । विगतका प्राप्त उपलब्धिलाई संरक्षण गर्ने पनि एमालेको प्रतिबद्धता छ ।

पूर्वाधारलगायतका क्षेत्रमा प्रष्ट पार्दै एमालेले भौतिक पूर्वाधार क्षेत्रको विकासले आर्थिक विकासको ढोका खोल्ने कुरा सबैमा विदितै रहेको उल्लेख गर्दै  यस क्षेत्रमा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पर्याप्त काम भएको जनाएको छ । तर कतिपय काम अधुरा रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्रभाव पार्ने काम गर्ने प्रतिबद्धता जनाइएको छ ।रातोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...