Skip to main content

धनगढी न्यूज

तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री, अपराह्न शपथ ग्रहण

Advertisement

५ फागुन, काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए ।

१२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले शपथ लिने बताएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

बंगलादेशमा आर्ज संसद सदस्यहरूको शपथ ग्रहण समारोह पनि आयोजना हुँदैछ । बीबीसीका अनुसार मुख्य निर्वाचन आयुक्तले मंगलवार बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा नव निर्वाचित संसद सदस्यलाई शपथ गराउँदै छन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...