Skip to main content

धनगढी न्यूज

पैदलयात्रीलाई बीच सडकमा कुटपिट गर्ने कार चालक पक्राउ

Advertisement

काठमाडौंमा एक जना पैदलयात्रीलाई कुटपिट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले मंगलबार नै ती व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको जानकारी दिए।

पक्राउ पर्नेमा पुर्ख्यौली घर बैतडी भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षका पारस बम छन्।

‘उहाँलाई नियन्त्रणमा लिएर आजै प्रहरीमा बुझाएका छौं,’ एसपी सुवेदीले भने।

उनका अनुसार उक्त घटना नारायणगोपाल चोक क्षेत्रको हो।

गाडी रोकिएको समयमा एक जना पैदलयात्री बीच सडकमा हिँडेको अवस्थामा बमले कारबाट झरेर उनीमाथि कुटपिट गरेका थिए।

उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

त्यस विषयमा थप अनुसन्धान परिसरबाटै हुने एसपी सुवेदीले बताए।

सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...