Skip to main content

धनगढी न्यूज

Day: March 16, 2026

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। सभापति लामिछाने गत शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए। सभापति लामिछाने चिकित्सकको निगरानीमा रहने गरी आज डिस्चार्ज भएको सेन्टर स्रोतले जनाएको छ। सभापति लामिछाने पिसाबसम्बन्धी संक्रमणका कारण अस्पताल भर्ना भएको स्रोतको भनाइ छ। सेतोपाटी बाट साभार
Read More
आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।अन्लाईन खबर बाट साभार हेर्नुस् सूची :
Read More
रास्वपाको अभिमुखीकरण कार्यक्रम : जहाँ न मोबाइल लैजान पाइनेछ, न तस्विर खिच्न

रास्वपाको अभिमुखीकरण कार्यक्रम : जहाँ न मोबाइल लैजान पाइनेछ, न तस्विर खिच्न

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण गर्न लागेको प्रवक्ता कविन्द्र बुर्लाकोटीले बताए। कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि रास्वपाले ७ बुँदे निर्देशन पनि जारी गरेको छ।कार्यक्रममा सहभागी हुने सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल लैजान पाउने छैनन्। त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ । सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्न पनि पाउने छैनन्।थाहाखबर बाट साभार 
Read More
इरानमा फस्दैछ अमेरिका

इरानमा फस्दैछ अमेरिका

विगत १५ वर्षयता धेरै अमेरिकी नेताहरू मध्यपूर्वमा सामाजिक व्यवस्था फेर्ने नाममा आफूहरू गहिरो ढङ्गले अल्झिएको विश्वास गर्न थालेका थिए । त्यस्तो ठान्ने नेताहरूमा यस अवधिका तीन जना राष्ट्रपतिहरू पनि पर्छन् । उनीहरू अमेरिकाले अहिले भोगिरहेको मुख्य चुनौतीको रूपमा अमेरिकी औद्योगिक आधारको पुनर्निर्माण र चीनको उदयलाई लिन थालेका थिए । तर अहिले आएर अमेरिका फेरि बृहत् मध्यपूर्वको समाज व्यवस्था फेर्ने युद्ध लड्न तम्सिएको छ । इराक, अफगानिस्तान र लिबियामा जस्तै यहाँ पनि युद्धका पक्षधरहरूको आशा मुताबिक परिणाम हात पर्ने सम्भावना देखिँदैन । बारम्बार यस्तो किन ? अहिले वर्तमानलाई बुझ्न विगतलाई नियालेर पर्गेल्नुपर्ने हुन्छ । आधुनिक इतिहासमा अमेरिकासँग तुलना गर्न मिल्ने स्तरमा…
Read More
रूपन्देहीबाट ७ जना समानुपातिक सांसद सिफारिस

रूपन्देहीबाट ७ जना समानुपातिक सांसद सिफारिस

प्रतिनिधिसभामा समानुपातिक तर्फ रुपन्देहीबाट ७ जनाको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्षतर्फ रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरेको छ। त्यस्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक/एक जनाको नाम सिफारिस गरेको छ। रास्वपा र कांग्रेसबाट सिफारिस गरिएका सबै महिला छन् भने राप्रपाबाट पुरुष छन्। रास्वपाले श्रद्धा कुँवर, मन्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक र पुनम कुमारी अग्रवालको नाम समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको छ। कुँवर, भुसाल र पौडेल महिला खसआर्यबाट सिफारिस भएका हुन् भने दलितबाट विक र मधेसीबाट अग्रवालको नाम सिफारिस भएको हो। कुँवर र भुसाल निर्वाचनको केही दिन पहिले मात्र एमालेबाट…
Read More
समानुपातिकबाट दोहोरिए ५ विधायक

समानुपातिकबाट दोहोरिए ५ विधायक

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूले सिट प्राप्त गरेका छन् । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ ४/४ सिट प्राप्त गरेका हुन् । थ्रेसहोल्ड कटाउने ६ वटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बनाउन पाउने भएका हुन् । जसअन्तर्गत एमालेबाट पूर्वविधायकद्वय बादल र पद्मा अर्याल प्रतिनिधिसभा सदस्यमा दोहोरिन लागेका हुन् । बादल पूर्वगृहमन्त्री समेत भइसकेका व्यक्ति हुन् भने अर्याल पूर्वमन्त्री । २०१२ साल वैशाखमा कडागाउँ गुल्मीमा जन्मिएका बादल  पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् । २०३७ सालदेखि पार्टीगत राजनीतिमा सक्रिय बादलले तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि…
Read More
ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द

ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द

काठमाडौंः दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन्। यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए। दुबई मिडिया अफिसकाअनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो। फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन्। त्यसयता खाडीका मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन्। आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डामात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय तथा कार्यालय…
Read More