Skip to main content

धनगढी न्यूज

‘स्ट्रेट अफ होर्मुज’मा इरानको व्यवहार युद्धविराम सम्झौता विपरितः ट्रम्प

Advertisement

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गबाट हुने तेल ढुवानीको व्यवस्थापनलाई लिएर इरानको कडा आलोचना गरेको बीबीसीले जनाएको छ।

इरानले यो जलमार्गमा अत्यन्तै खराब काम गरिरहेको आरोप लगाउँदै ट्रम्पले  आफूहरूबीच भएको सम्झौताअनुसार नभएको बताएका छन्।

यसैबीच, मध्यपूर्वको स्थिति थप जटिल बन्दै गएको बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो मन्त्रिमण्डललाई लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएका छन्। तर, अर्कोतर्फ उनले लेबनानमा कुनै युद्धविराम नभएको स्पष्ट पार्दै हिजबुल्लाहमाथि शक्तिशाली प्रहार जारी राख्ने बताएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयकाअनुसार, बुधबार इजरायली आक्रमणमा ३०३ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्। इजरायली सेनाले बेरुतका केही भागहरू खाली गर्न आदेश दिएलगत्तै भीषण हमलाहरू गरेको थियो।

अमेरिका र इरानले मंगलबार दुई हप्ताका लागि युद्धविरामको घोषणा गरेका थिए। तर, यस सम्झौताका सर्तहरूलाई लिएर परस्परविरोधी रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।

इरानले इजरायली आक्रमणहरूले युद्धविरामको घोर उल्लंघन गरेको आरोप लगाएको छ। इरान र मध्यस्थकर्ता पाकिस्तानको बुझाइमा यो युद्धविराममा लेबनान पनि समावेश थियो।

अमेरिका र इजरायलले भने यो युद्धविराम केवल अमेरिका र इरानबीचको युद्ध रोक्नका लागिमात्र भएको र यसमा लेबनान (हिजबुल्लाह) समावेश नभएको दाबी गरिरहेका छन्।थाहाखबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...