Skip to main content

धनगढी न्यूज

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

Advertisement

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रानीसैन–च्याँचौर लामापाटा क्षेत्रको सीमा विवादलाई लिएर गत जेठ ३ गते खार्पुनाथ गाउँपालिकाका स्थानीयले लामापाटामा बसोबास गर्दै आएका करिब १० परिवारमाथि आक्रमण गरी कुटपिट गरेका थिए।

घटनापछि फरार रहेका उनीहरूको खोजी कार्य जारी रहेकामा प्रहरीले पक्राउ गर्न सफल भएको हो।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ परेकालाई थप अनुसन्धानका लागि बाजुरा ल्याउने प्रक्रिया भइरहेको छ।

गत जेठको पहिलो सातादेखि हिमाली गाउँपालिकाको पहलमा प्रदेश सरकारको चार लाख रुपियाँको लागतमा लामापाटामा अस्थायी प्रहरी चौकी निर्माणको काम सुरु गरिएको थियो। सीमा सुरक्षा तथा वन्यजन्तुको चोरी निकासी नियन्त्रणका लागि चौकी स्थापना गर्न लागिएको जनाइएको छ।

प्रहरी चौकी निर्माणको विरोध गर्दै खार्पुनाथ गाउँपालिकाका केही स्थानीय लामापाटा पुगेका थिए। उनीहरूले स्थानीयवासी तथा चौकी निर्माणमा खटिएका मिस्त्री र ज्यामीमाथि कुटपिट गरी त्यहाँबाट लखेटेका थिए।

घटनामा मेपागार गुरुङ, लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ र मीन कुँवर गम्भीर घाइते भएका थिए। आक्रमणकारीले स्थानीयका घरमा समेत क्षति पुर्‍याएर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले सुरक्षा निकायको सक्रियतामा उनीहरूलाई पक्राउ गरिएको बताए। उनका अनुसार गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालयको पहल तथा गृह मन्त्रालयको निर्देशनमा लामापाटामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना गरिएपछि खोजी कार्य प्रभावकारी बनेको थियो।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि आवश्यक अनुसन्धान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...