Skip to main content

धनगढी न्यूज

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

Advertisement

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of Social Entrepreneurship (Nabil SSE) सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला गरिएको छ।

सामाजिक उद्यमशीलताको विकास गर्ने, युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सामाजिक उद्यमी निर्माण गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको उक्त कार्यक्रमको सातौँ समूहका लागि इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

कार्यक्रममा १८ वर्ष उमेर पूरा भएका इच्छुक व्यक्ति सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। सातौँ समूहका लागि सीमित सिटमा आवेदन खुला गरिएको जनाइएको छ। इच्छुक आवेदकहरूले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन तथा थप जानकारीका लागि एसपीए कलेजमा सम्पर्क गर्न सकिनेछ भने उपलब्ध गराइएको आवेदन लिंकमार्फत समेत आवेदन दिन सकिने छ।

Link to apply: https://forms.gle/68p73j8tGoKdyDvG7

नबिल एसएसई कार्यक्रमअन्तर्गत यसअघि एसपिए कलेजमा छ वटा समूह सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती समूहबाट सहभागीहरूले उद्यमशीलता, व्यवसाय विकास, सामाजिक प्रभाव तथा उद्यम सञ्चालनसम्बन्धी ज्ञान र सीप हासिल गर्दै आएका छन्।

सामाजिक समस्या पहिचान गरी त्यसको समाधानका लागि उद्यमशील सोच र अभ्यास विकास गर्ने लक्ष्यसहित सञ्चालन हुँदै आएको यस कार्यक्रमले युवाहरूलाई रोजगार खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने तथा सामाजिक प्रभाव पार्ने उद्यमतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...