12
Aug
कैलालीको धनगढीस्थित एसपीए कलेजमा बिएचएम अध्ययनरत निशान्त बुढाऐर 'मिस्टर नेपाल २०२५' मा सहभागी भएका छन् । कृष्णपुर नगरपालिका ७, कलुवापुर घर भएका निशान्त पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’ मा सहभागी हुने भएका हुन् । आफ्नो व्यक्तित्व, शारीरिक तन्दुरुस्ती, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर यस प्रतियोगितामार्फत प्राप्त गर्ने गरिन्छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवालाई पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व समाजमा प्रवर्द्धन गर्नु पनि हो। बिएचएम चौथो सेमेष्टरमा अध्ययनरत निशान्त हस्पिटालिटी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएर पनि उनी टाइटल नजिक पुग्ने प्रबल सम्भावना रहेको विश्वास राख्दै एसपीए कलेजका बिएचएम विभागिय प्रमुख रविन्द्र परियारले शुभकामना…






