धनगढी न्यूज

धनगढीमा ७औ राष्ट्रिय उसु निर्णायक सेमिनार सुरु

Advertisement

धनगढीः कैलालीको धनगढीमा ७औ राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स २०८२ सुरु भएको छ।

नेपाल उसु महासङ्घको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा धनगढीमा एक औपचारीक कार्यक्रमका बिच सेमिनार सुरु भएको हो। सेमिनारको सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरे। सेमिनारमा अन्तर्राष्ट्रिय उसु महासंघ (क्ष्ध्ग्ँ) द्वारा जारी गरिएको मान्यता प्राप्त व्यालिड लाइसेन्स भएका निर्णायकहरुबाट विविध अन्तर्राष्ट्रिय नयाँ नियम तथा अपडेटहरुमा प्रशिक्षण दिइने बताईएको छ।

कार्यक्रमले उसु खेलको विकास, प्रशिक्षण र व्यवस्थापनमा थप योगदान पुर्‍याउने आयोजकले अपेक्षा लिएको छ। सेमिनारमा अन्तर्राष्ट्रिय स्तरका कोचहरुबाट डिप्लोमा कोर्स सञ्चालन समेत हुने बताईएको छ। सुदूरपश्चिमबाट ४८, कर्णालीबाट २२, लुम्बिनीबाट १६, गण्डकीबाट ९, बागमतीबाट १० र कोशीबाट ५ जना गरी सेमिनारमा जम्मा ११० जनाको सहभागिता रहेको छ। उक्त सेमिनार ७ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद ...
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । स्थानीय सेवा गठन तथा ...
नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला कार्य समिति चयन भएको छ । आज आयोजित सातौँ जिल्ला अधिवेशनबाट शिक्षक इन्द्रमण...
एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

सुदूर पश्चिमाञ्चल  कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो  ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त ग...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×