धनगढी न्यूज

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

Advertisement

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ।

भारतको खिरी जिल्लाको खुटारमा उनीसहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो। उनीहरूको शाहजहाँपुर उपचार सुरु भएको छ। दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो। तीन जनालाई धनगढी ल्याईदैछ।

परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आइतवार बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो। उनीहरू सवार गाडी बससँग ठोकिएको हो। गाडी पुरै क्षतिग्रस्त भएको छ।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याककुचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरूले गाडीभित्रबाट शाहसहितका घाईतेहरूलाई बाहिर निकालेका थिए। शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए। शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताइएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद ...
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । स्थानीय सेवा गठन तथा ...
नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला कार्य समिति चयन भएको छ । आज आयोजित सातौँ जिल्ला अधिवेशनबाट शिक्षक इन्द्रमण...
एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

सुदूर पश्चिमाञ्चल  कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो  ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त ग...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×