धनगढी न्यूज

अछाममा एक वर्षमा ४५ सवारी दुर्घटना

अछाम : पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन्

गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला छन्। दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने ६७ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गराएको छ। ‘‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’’ ट्राफिक कार्यालय प्रमुख पदम सिंह महराले भने। महराका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने दुई हजार आठ सय ४२ वटा सवारी साधनहरुलाई कारबाही गरिएको छ। नियम उलङ्घन गर्नेहरुलाई गरिएको कारबाहीबाट १९ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ।
कारबाही परेका सवारी साधनमध्ये सिटबेल्ड नभएका, ओभर लोड गरी चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारबाही गरिएको हो। यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाहीबाट सो रकम सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक महराले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कार्यालयले चालकको स्वास्थ्य परीक्षण, ओभर ट्रयाकसम्बन्धी कक्षा र नयाँ सवारी चालकलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। यस्तै कार्यालयले समुदाय प्रहरी साझेदारी कार्याक्रम, विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायी, चालक, परिचालकसँग दुर्घटनासम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ।दिनेश खाबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×