धनगढी न्यूज

कैलाली कारागारमा आफन्त भेट्नेको भीड

धनगढी : कैलाली कारागारमा आफन्तहरु भेट्नेको भीड लागेको छ।

जिल्ला कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको हो।

कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट र कुरा गर्न दिएपछि आफ्ना मान्छेको अवस्था बुझ्न आउने आफन्तको भीड लागेको हो। आफन्तले शनिवार पनि भेटघाट गरेका थिए। घटनापछि आफ्ना व्यक्ति भेट्न आउने आफन्तको आज कारागारमा लाइन नै लागेको थियो। शुक्रवार मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गरेका थिए। सो घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो। ४७ जना कैदी घाइते छन्।कारागारबाट कैदी सरुवापछि कैदीबिच मनमुटाव बढेको उनीहरूका आफन्तहरूको जिकिर छ। कैलालीको गोदावरी नगरपालिकास्थित गेटाका सिद्धराज भट्टले कैदीका नाइके अशोक रावलको सरुवापछि भित्र अशान्ति मच्चिएको जिकिर गरे।दिनेश खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×