१७औं अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन्।

नेपाल पक्षी संरक्षण सङ्घ ९विसिएन० को अगुवाइमा २२ गतेसम्म जनचेतनामुलक कार्यक्रम गरिँदै छ। सुदुरपीश्चम प्रदेशभर गिद्ध गणना समेत गरिने नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ।गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ।जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग जस्ता महामारी फैलन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ।
चराविद् हिरुलाल डगौराले डगौराका अनुसार गिद्ध आफैंले शिकार नगरी सिनोमा निर्भर रहने भएकाले वातावरणलाई प्रदूषित हुनबाट जोगाउँछन्।पशुहरुमा डाइक्लोफेनेक औषधिको प्रयोगले तीन दशक अघि गिद्ध लोप हुने अबस्थामा पुगेकोमा औषधिमा प्रतिबन्ध र संरक्षणका कामले सङ्ख्याका केही सुधार भएको छ।
किसानले सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने तथा पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ।नेपालमा पाइने नौ प्रजातीका गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध ‘अति सङ्कटापन्न’ हुन्।गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा छ।राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा पाहुनाका रूपमा नेपाल आउने गर्दछन्।हिमाली गिद्ध नेपालको रैथाने हो। धनगढी खबर बाट साभार






